Headline

झापा, विरगञ्ज र इलाम नेपाल सुपर लिगमा तीन नयाँ टोली

Published

on

आफ्नो पहिलो संस्करणमै खाली दशरथ रँगशालामा खेल गराएर पनि सफल बनेको नेपाल सुपर लिग (एनएसएल) ले दोश्रो संस्करणको लागि तीन नयाँ टिमको घोषणा गरेको छ ।

घोषणा भएका टिमले तीन फरक शहरको प्रतिनीधित्व गर्नेछ । थपिएका तीन टिमध्ये दुई पूर्वका नै रहेका छन् । झापा एफसी र स्पोर्टिङ्ग इलाम डि मेची पूर्वका दुई टोलीको रुपमा रहेका छन् भने अर्को टोली विरगञ्ज युनाइटेड एफसी रहेको छ ।

यो सँगै एनएसएलमा अब ७ टोली हुने भएका छन् । पहिलो संस्करणमा रहेका टोलीहरुमा बिराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका थिए ।

एनएसएल आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आइतबार तीन टिमका मालिकहरु पनि सार्वजनिक गरेको थियो । झापाबाट बिक्रम थापा, इलामबाट सुहाँग नेम्बाँग र पियुष न्यौपाने तथा बिरगञ्जबाट अर्बिन्द्र अमात्य, अनिल गुप्ता र अरिवन्द बराल नयाँ टोलीका मालिकहरु रहेका छन् ।

कोरोनाको दोश्रो लहरका कारण प्रभावित बनेपछि पहिलो संस्करण खाली रँगशालामै गराइएको थियो । पहिलो संस्करणको फाइनलमा काठमाडौंले धनगढीलाई पराजित गरेको थियो ।

एनएसएलको दोश्रो संस्करण चैत्र २३ गतेदेखि शुरु हुन गइरहेको छ । ४३ दिन सम्म चल्ने दोश्रो संस्करणको एनएसएल दुई स्थानमा आयोजना हुने छ । प्रतियोगिताको आधा खेलहरु पोखरा र अन्य खेलहरु दशरथ रंगशाला खेलाइने छ ।

Click to comment

Trending