Headline

एनआरटी र शेर्पाले लिगमा अंक बाडे

Published

on

न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा अंक बाडेका छन् । दशरथ रँगशालामा आइतबार भएको पहिलो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले ।

खेलमा प्रशस्तै मौका बनाएपनि दुवै टोलीले त्यसलाई गोलमा परिणत गर्न असफल रहे । बिशेषगरि शेर्पाले केही स्पष्ट अवसरहरु गुमाएको थियो । बराबरीपछि दुवै टोली आ–आफ्नो स्थानमा यथावत नै रहेका छन् ।

एनआरटी १४ अंक सहित सातौं स्थानमा छ भने एक स्थान तल रहेको शेर्पाको १२ अंक छ । नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबको समान १० अंक छ भने जावलाखेल युथ क्लब ९ अंक साथ ११ औं स्थानमा छ ।

संकटा क्लबसँगै समान १४ अंक रहेको एनआरटी गोलअन्तरको आधारमा सातौं स्थानमा रहेको हो । शिर्ष स्थानको मच्छिन्द्र फुटबल क्लब अंक तालिकामा ६ अंकको स्पष्ट अग्रताका साथ उपाधि नजिक रहेको छ ।

मनाङ मस्र्याङ्गदी क्लब २० अंक साथ दोश्रो, त्रिभुवन आर्मी क्लब १८ अंकका साथ तेश्रो र थ्रि स्टार क्लब १७ अंकका साथ चौथो स्थानमा छ । शनिबार नै भएको खेलमा नेपाल पुलिस क्लबलाई हराउदै नवप्रवेशी सातदोबाटो युथ क्लब १५ अंक जोड्दै पाचौं स्थानमा उक्लिएको थियो ।

Click to comment

Trending