Headline

युएई विरुद्ध नेपालले किन आठ जना बलरको प्रयोग गर्यो ? 

Published

on

ओमानमा जारी चार देशीय ट्वान्टी ट्वान्टी शृंखला अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले आठ जना बलरको प्रयोग गर्यो । शुक्रबार भएको आफ्नो पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको नेपाल शनिबारको खेलमा २५ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।  

शनिबार ज्ञानेन्द्र मल्ल, लोकेश बम र विकेट किपर आसिफ शेख बाहेक सबै खेलाडीले बलिङ गरे । आठ जनाले बलिङ गरे पनि युएईले तीन विकेट गुमाएर १९२ रनको विशाल योगफल खडा गर्यो ।  नेपालका शाहब आलम, कप्तान सन्दिप लामिछाने र आरिफ शेखले समान १-१ विकेट हात पार्दा अन्य बलरहरु खाली हात रहन बाध्य भए ।     

नेपालले अर्को हप्ताबाट सुरु हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोटलाई मुख्य प्राथमिकता राखेको र त्यसका लागि नै अहिले देखि नै योजनाहरू बुन्दै गएको सन्दिपले बताए । त्यसै योजना अनुरूप अहिले धेरै भन्दा धेरै खेलाडीहरुलाई बलिङको मौका दिएको जनाए ।

“हाम्रो मुख्य लक्ष्य भनेको ट्वान्टी ट्वान्टी विश्वकपमा छनोट हुनु हो । त्यसैले गर्दा हामीले यस चार देशीय प्रतियोगितालाई हाम्रो क्षमता तथा कमजोरी बुज्नेमा केन्द्रित रहेका छौँ । त्यस बाहेक विश्वकप छनोटमा हाम्रो सुरुवाती ११ के हुन्छ र के गर्न पर्दछ भन्ने बुझ्नका लागि पनि हामीले धेरै कुराहरुमा प्रयोग गरेका छौँ र गर्दै पनि छौँ,” सन्दिपले भने ।

“अहिले हाम्रो मुख्य खेलाडीहरु करण केसी र कुशल भुर्तेल पूर्ण फिट नभएका कारण पनि हामीले विश्वकप छनोटका लागि भन्दै अहिले नखेलाएका हौँ । दुवैजना पूर्ण फिट भएर टोलीमा फर्किए पछि हामीले हाम्रो बलियो सुरुवाती ११ खेलाउने छौँ । त्यस पछि सबै कुरा राम्रो पनि देखिने छ ।”  

 

Click to comment

Trending