Headline

मनाङको उपाधि अभियानमा थ्रि स्टारको झड्का, मच्छिन्द्रलाई फाइदा

Published

on

थ्रि स्टार क्लबसँग बराबरीमा रोक्किएपछि मनाङ मस्र्याङ्गदी क्लबको शहीद स्मारक ए डिभिजन लिगको उपाधि अभियानमा नराम्ररी झड्का लागेको छ ।

दशरथ रँगशालामा भएको साँझको खेलमा मनाङ र थ्रि स्टारले १–१ को रोमाञ्चक बराबरी खेलेका थिए । बराबरीसँगै अंक तालिकामा मच्छिन्द्रसँगको दुरी छोट्याउन मनाङ असफल भएको छ ।

सबैभन्दा ठूलो फाइदा मच्छिन्द्रलाई भएको छ । शिर्ष स्थानमा उसले ६ अंकको बराबरी गरेको छ भने अब उसलाई एक जितले पनि लिग उपाधि सुनिश्चित गर्न पर्याप्त हुन सक्छ । दोश्रो स्थानमा रहेको मनाङको २० र तेश्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १८ अंक छ ।

दोश्रो स्थानको दाबेदारीमा रहेको थ्रि स्टार भने १७ अंक सहित चौथो स्थानमा रहेको छ ।

खेलको पहिलो ठूलो अवसरमा मनाङका ओलावाले ओलादिपो अफिज चुकेका थिए । ४१ औं मिनेटमा पुजन उपरकोटीको पासमा रुपेश केसी टच भेट्टाउने क्रममा ओलावालेले अफसाइड ट्रयाप बिट गरेका थिए । थ्रि स्टार गोलकिपर प्रिस्सोलाई मात्र बिट गरे पुग्ने अवस्थामा उनको लो ड्राइभ बाहिरिन पुग्यो ।

दयानन्दले गरेको गोलमा अन्जन बिष्टको स्किलको महत्वपूर्ण भुमिका रह्यो । थ्रि स्टारको बायाँ तर्फ बल नियन्त्रण गर्दै निकालेको क्रसमा दयानन्दको लो हेडर प्रिसोको हातमा लागेर गोल भएको थियो ।

७१ औं मिनेटमा थ्रि स्टारले बराबरी गोल गर्दै खेलमा पुनरागमन गर्यो । रितिकले बक्सको ठ्याक्कै बाहिरबाट गरेको लामो प्रहार मनाङका गोलकिपर अशोक बराललाई बिट गर्दै पोलमा लागेर जाली चुम्न पुगेको थियो ।

Click to comment

Trending