Headline

डेब्यु क्याप पाउँदा निकै इमोसनल भएको थिएँ : लोकेश बम (भिडियो अन्तरर्वार्ता)

Published

on

युवा आक्रामक ब्याट्सम्यान लोकेश बमले आज भएको युएई विरुद्धको खेलमा नेपालको तर्फबाट डेब्यु गरे । उनी ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट डेब्यु गर्ने ३८ औँ खेलाडी हुन् ।

आफ्नो पहिलो खेलमा नै आक्रामक पारी खेलेका लोकेशले २१ बल खेल्दै ३३ रन बनाए । नेपालको पारीको अन्तिम बलमा आउट भएका उनले समान २-२ चौका र छक्का प्रहार गरे । 

खेल पछि लोकेशले प्रतिक्रिया दिँदै डेब्यु क्याप पाउँदा आफु निकै इमोसनल भएको बताए । “आज बिहान खेल अघि शरद दाइले डेब्यु क्यान दिनु भयो । त्यस समय एकदम भावुक भएको थिएँ,” लोकेशले भने ।

डेब्यु खेलमा राम्रो ब्याटिङ प्रदर्शन गर्न सफल भए पनि आफ्नो टोलीलाई जिताउन नसक्दा भने दुख लागेको पनि लोकेशले बताए । 

हेर्नुहोस् लोकेशको पुरा भिडियो अन्तरर्वार्ता

 

Click to comment

Trending