Headline

खतरामुक्त भए मनिष डाँगी

Published

on

दशरथ रँगशालामा शहीद स्मारक ए डिभिजन लिगका दौरान बिपक्षी खेलाडीसँग ठोक्किएर कोल्याप्स भएका मच्छिन्द्र फुटबल क्लब तथा राष्ट्रिय टोलीका आशा लाग्दा फुटबलर मनिष डाँगी खतरामुक्त भएका छन् ।

ब्लु क्रस हस्पिटलले निकालेको बिज्ञप्ति अनुसार मनिषको प्रारम्भिक डाइग्नोसिसपछि उनी खतरामुक्त रहेको छ । च्यासल युथ क्लबबिरुद्ध भएको खेलको ६६ औं मिनेटमा मनिष केचा यानिकसँग हेड कोलिजन हुँदा मैदानमै कोल्याप्स भएका थिए ।

आफ्नो पछाडी रहेका केचासँगै एयरमा रहेको बलमा हेड प्रहार गर्न उफ्रदा मनिषलाई बिपक्षी खेलाडीको टाउकोले उनलाई नराम्रो चोट लाग्यो ।

ल्याण्डिँगमा हदै सम्म प्रयोग भएर कडा भएको दशरथ रँगशालाको मैदानमा उनी टाउकोकै बलमा बजारिदा दोहोरो चोट व्यहोरेका थिए । लगत्तै रँगशालामा तनावपूर्ण स्थिति सृजना भएको थियो ।

रेफ्रिले खेल रोक्दै एम्बुलेन्सलाई मैदानमै बोलाएपछि मनिषलाई केही बेरको प्रयासपछि होश आएको थियो । त्यहाबाट उनलाई नजिकैको ब्लु क्रस हस्पिटल लगिएको थियो ।

Click to comment

Trending