Headline

मनिष कोल्याप्स भएपछि दशरथ रँगशालामा कहाली लाग्दो क्षण

Published

on

दशरथ रँगशालामा शनिबार केही बेर निकै तनाव भए । उपस्थिति दर्शक, खेलाडी, पदाधिकारी सबैले त्रासको महसुस गरे । कारण थियो मनिष डाँगीलाई लागेको गम्भिर चोट ।

मच्छिन्द्र फुटबल क्लब तथा नेपाली राष्ट्रिय टोलीकै उदाउदा स्टार मनिष च्यासल युवा क्लबबिरुद्धको खेलमा ६६ औं मिनेटमा केचा यानिकसँग जुधेपछि मैदानमै ढले । आफ्नो पछाडी रहेका केचासँगै एयरमा रहेको बलमा हेड प्रहार गर्न उफ्रदा मनिषलाई बिपक्षी खेलाडीको टाउकोले उनलाई नराम्रो चोट लाग्यो ।

ल्याण्डिँगमा हदै सम्म प्रयोग भएर कडा भएको दशरथ रँगशालाको मैदानमा उनी टाउकोकै बलमा बजारिदा दोहोरो चोट व्यहोरे । मनिष कोल्याप्स भए ।

मच्छिन्द्र मात्र नभएर च्यासलका खेलाडीहरु पनि निकै आत्तिए । रेफ्रिले खेल रोक्दै एम्बुलेन्सलाई मैदानमै बोलाएपछि मनिषलाई केही बेरको प्रयासपछि होश आएको थियो ।

मनिषलाई हस्पिटल लगिएको छ र उनको सिटी स्क्यान पनि गरिएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका बिमल घर्ती मगर पोस्ट म्याच प्रेजेन्टेसनमा राम्ररी बोल्न समेत नसक्ने हालतमा रहे ।

“मनिष मच्छिन्द्र मात्र नभएर राष्ट्रिय टोलीकै पनि निकै आशा गरिएका खेलाडी हुन् । उनलाई त्यसरी चोट लाग्दा हामी सबै स्तब्ध छौं । मलाई के बोल्ने बोल्ने भइरहेको छ । यो जित उसलाई नै समर्पण गर्न चाहन्छु,” बिमलले भने ।

Click to comment

Trending