Headline

चिराग र मुस्तफाको बिष्फोटक ब्याटिँगमा युएईले नेपाललाई दियो १ सय ९२ रनको बिशाल लक्ष्य

Published

on

नेपाली बलरहरुलसँग अभ्यस्त रहेका ओपनर चिराग सुरी र रोहन मुस्तफाले बिष्फोटक ब्याटिँग गरेपछि युएईले चारदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा १ सय ९२ रनको बिशाल योगफल खडा गरेको छ ।

अल अमिरातमा टु हारी पहिलो ब्याछिँग गरेको युएईले २० ओभरमा मात्र तीन विकेटको क्षतिमा १ सय ९२ रन बनायो । ओपनर मुहम्मद वसिमले केही आक्रमक शट खेल्दै १३ बलमै २२ रन बनाउदा उनी शाहब आलमको शिकार भएका थिए ।

शाहबलाई लगातार दुई छक्का प्रहार गरेका वसिम तेश्रो ठूलो शट खेल्ने क्रममा दिपेन्द्रको उत्कृष्ट डाइभिँग क्याचको शिकार बनेका थिए ।

११ रनमै जितेन्द्र मुखियाको बलमा शाहबले जिवनदान दिएपछि चिरागले युएईलाई बिशाल स्कोरतर्फ धकेलेका थिए । चिराग र मुस्तफाले दोश्रो विकेटका लागि ६६ बलमा ९७ रनको बिशाल साझेदारी गरेका थिए ।

आरिफ शेखको बलमा उनकै भाइ आसिफले उत्कृष्ट स्टम्पिँग गरेपछि मुस्तफा आफ्नो अद्र्धशतकबाट एक रनले चुकेका थिए । रोहनले ३५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।

चिरागले करिअरकै उच्च स्कोर बनाउने क्रममा ५३ बलमा ८४ रन बनाए । उनले समान पाँच छक्का र चौका प्रहार गरेका थिए । युएईले कमल सिँह ऐरिले गरेको अन्तिम ओभरमा २० रन बटुलेको थियो ।

Click to comment

Trending