Headline

ओपनर कुशललाई युएईबिरुद्धको खेलमा पनि बिश्राम

Published

on

सामान्य चोट बोकेका ओपनर कुशल भुर्तेलले चारदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गत शनिबार हुने युएईबिरुद्धको खेल पनि गुमाउने भएका छन् ।

नेपाली टोलीका अनुसार कुशललाई ग्रोइनमा सामान्य समस्या देखिएको छ र उनलाई खेलाएर रिस्क नलिने मनसायमा छ । उनले शुक्रबार भएको ओमानबिरुद्धको खेल पनि गुमाएका थिए ।

कुशलले ओमानमै राष्ट्रिय टोलीको प्रशिक्षणका दौरान चोट बोकेका थिए । करिअरको आफ्नो पहिलो पाचौं ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय मै कुशलले चार अद्र्धशतक प्रहार गर्दै शान्दार शुरुवात गरेका थिए ।

उनको उत्कृष्ट ब्याटिँगसँगै नेपालमै भएको नेदरल्याण्ड्स र मलेसिया सम्मिलित ट्राइ नेशन सिरिजमा सोचे अनुरुपको शुरुवात पाउदै घरेलु टोलीले उपाधि नै उचालेको थियो ।

शुक्रबार ओमानबिरुद्ध आसिफ शेख र प्रदिप ऐरिले ओपनिँग गरेका थिए । आसिफले ११ बलमा १५ र प्रदिपले १४ रनमा चार रन बनाउदा नेपालले दुवै ओपनरलाई २२ रनमा गुमाएको थियो ।

दिपेन्द्र सिँह ऐरिले करिअरकै उच्च प्रदर्शन गर्दै ५३ बलमा नटआउट ७३ रन बनाएपछि नेपालले ६ विकेटको शान्दार जित हात पारेको थियो ।

 

Click to comment

Trending