Headline

दिपेन्द्र एशोसिएट क्रिकेटकै उत्कृष्ट प्रतिभा मध्ये एक हुन्ः दासानायके

Published

on

चार देशीय शृंखला अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमान माथि ६ विकेटको रोमान्चक जित हात पार्न सफल भयो ।

अविनाश बोहराले तीन तथा कमल सिंह ऐरी, आरिफ शेख र कप्तान सन्दिप लामिछानेले समान १-१ विकेट हात पार्दा नेपालले ओमानलाई मात्र १३५ रनमा रोक्न सफल भयो । चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्रले ५३ बलको सामना गर्दै आठ चौका र एक छक्का प्रहार गर्दै अविजित ७३ रन बनाए । यो दिपेन्द्रको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा व्यक्तिगत सर्वाधिक स्कोर पनि हो ।    

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके दिपेन्द्रको प्रदर्शनले निकै प्रभावित भए । खेल पछि कुरा गर्दै उनले दिपेन्द्र एसोसिएट क्रिकेटको उत्कृष्ट प्रतिभा भएको धारणा व्यक्त गरे । “दिपेन्द्र उत्कृष्ट ब्याटर हुन् । उनी एसोसिएट्स नै उत्कृष्ट प्रतिभा हुन् । त्यो भनेर मात्र पनि पुग्दैन । त्यसका लागि प्रदर्शन पनि आवश्यक छ । उनले आजको खेलले प्रमाणित पनि गरेका छन्,” पुबुदुले भने ।

हेर्नुहोस् पुबुदुको पुरा भिडियो अन्तरवार्ता 

Click to comment

Trending