Headline

नेपाल पहिले बलिङ गर्दै, सागर र विवेकको डेब्यु 

Published

on

चार देशीय शृंखला अन्तर्गत आफ्नो पहिलो खेलमा आयोजक ओमान विरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । नेपाली टोलीको लागि कप्तानीमा डेब्यु गरेका सन्दिपले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा सागर ढकाल र विवेक यादवले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालको लागि डेब्यु गरेका छन् । सगर बायाँ हाते स्पिनर हुन् भने विवेक अल-राउण्डर हुन् ।
त्यस्तै प्रशिक्षक पुबुदु दासानायकेले आजको खेलमा ओपनर कुशल भुर्तेल, कुशल मल्ल, करण केसीलाई बिश्राम तथा प्रदिप ऐरी र शरद भेषावाकरलाई सुरुवाती ११ मा स्थान दिएका छन् ।

नेपालको सुरुवाती ११ : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, प्रदिप ऐरी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, विवेक यादव, अविनाश बोहरा, कमलसिंह ऐरी, सागर ढकाल

Click to comment

Trending