Headline

नेपाल विरुद्ध ओमान – हेड टु हेड 

Published

on

चार देशीय ट्वान्टी ट्वान्टी शृंखला अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र ओमानको सामना गर्दैछ । 

ओमान क्रिकेट बोर्डले आगामी फेब्रुअरी १५ तारिकबाट सुरु हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोटको तयारी  स्वरूप यस चार देशीय प्रतियोगिता आयोजना गर्न लागेको हो ।प्रतियोगितामा आयोजक ओमान र नेपाल बाहेक आयरल्याण्ड र युएईको पनि सहभागिता रहेको छ ।   

नेपाल र ओमान एक अर्काका लागि नयाँ प्रतिद्वन्दी हैनन् । तर पनि नेपाल र ओमान ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा भने एक पटक मात्र आमुन्ने सामुन्ने भएका छन् । सन् २०१९ मा ओमानले नै आयोजना गरेको पाँच देशीय शृंखलामा नेपाल ६ विकेटले पराजित भएको थियो ।   

अमिर कलीमले पाँच विकेट लिए पछि नेपाल ११ ओभर खेल्दै मात्र ६४ रनमा समेटिन पुग्यो । जबाफी ब्याटिङ गरेको ओमानले पनि राम्रो सुरुवात गर्न नसके पनि नेपाली मूलका सुरज कुमारले ३० बलमा अविजित ४० रनको पारी खेल्दा उसले ११ दशमलब पाँच ओभरमा चार विकेट गुमाएर लक्ष्य पार गर्यो ।  

 

नेपाल विरुद्ध ओमान 

पाँच देशीय शृंखला, ओमान 

अक्टोबर १०, २०१९ 

नेपाल – ६४/१०, ११ ओभरमा 

आसिफ शेख                         २० रन, १३ बलमा 

दिपेन्द्र सिंह ऐरी                      ११ रन, ६ बल 

 

अमिर कलीम                         १५/५, ४ ओभरमा 

बिलाल खान                           १४/२, २ ओभरमा 

 

ओमन – ६५/४, ११.५ ओभरमा 

सुरज कुमार                           ४२* रन, ३० बलमा 

 

करण केसी                            २७/२, ३.५ ओभरमा 

सोमपाल कामी                       ७/१, २ ओभरमा 

सन्दिप लामिछाने                    २३/१, ४ ओभरमा  

नेपाल ६ विकेटले पराजित 

 

Click to comment

Trending