Headline

सन्दिपलाई कप्तानको रुपमा दवाब हुनेछ, युएई अलराउण्डर रोहन मुस्तफा (भिडियो सहित)

Published

on

युएईका पुर्व कप्तान तथा टिमका महत्वपूर्ण अलराउण्डर रोहन मुस्तफाले नेपालका नवनियुक्त कप्तान सन्दिप लामिछानेलाई ओमानमा दवाब हुने बताएका छन् ।

नेपाली घरेलु फ्रेञ्चाइज लिगका लोकप्रिय खेलाडी मुस्तफाको युएईसँगै नेपाल, आयरल्याण्ड र ओमान शुक्रबारदेखि शुरु हुने चारदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला खेल्न गइरहेका छन् । त्यसपछि सबै टोलीले अर्को सातादेखि शुरु हुने आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकप छनोट खेल्ने छन् ।

दुवै प्रतियोगिता सन्दिप कप्तान नियुक्त भएपछि नेपालको लागि पहिलो हुन गइरहेको छ । एकै पटक ठूलो प्रतियोगितामा कप्तानी गर्दा सन्दिपलाई गाह्रो हुन सक्ने मुस्तफाले बताए ।

“सन्दिपलाई दवाब हुनेछ किनभने कप्तानको रुपमा उनको पहिलो प्रतियोगिता नै निकै ठूलो छ । तर उनीसँग सिनियर खेलाडीहरु छन् जसले उनलाई मद्दत गर्नेछन्,” नेपाललाई निकै बलियो टोलीको रुपमा हेरेका मुस्तफाले भने ।

“नेपालको टिम अहिले एकदमै राम्रो छ । म नेपाली खेलाडीहरुसँग धेरै बर्षदेखि खेल्दै आइरहेको छु । नेपालले सोमपाल (तिब्र गतिका बलर सोमपाल कामी) र सन्यास लिएका पारस खड्कालाई मिस गर्नेछ । तैपनि बलियो छ । टोलीमा अझै पनि ज्ञानेन्द्र मल्ल छन्, ट्वान्टी ट्वान्टीका उत्कृष्ट खेलाडी करण केसी छन्, सन्दिप छन् र त्यसैले नेपाल निकै राम्रो छ,” उनले थपे ।

ओमानमा झण्डै एक साता बिताइसकेको युएई टोली उच्च फर्मममा रहेको छ । उसले आईसीसी क्रिकेट बिश्वकप लिग टुका तीन खेलहरुमा घरेलु टोलीलाई दुईमा हराएको थियो भने एकमा बराबरीमा रोकेको थियो ।

मुस्तफासँग लिइएको अन्तर्वार्ताको पुरा भिडियो

Click to comment

Trending