Headline

एडप्याडले लियो चार देशीय शृंखलाको प्रसारण अधिकार 

Published

on

एडप्याडले शुक्रबारबाट आयोजना हुन लागेको चार देशीय ट्वान्टी ट्वान्टी शृंखलाको प्रसारण अधिकार खरिद गरेको छ ।

ओमान क्रिकेट बोर्डको आयोजनामा हुने ट्वान्टी ट्वान्टी प्रतियोगिता फेब्रुअरी ११ देखि १४ तारिक सम्म आयोजना हुनेछ । प्रतियोगितामा आयोजक ओमान सहित, नेपाल, आयरल्याण्ड र युएईको सहभागिता रहने छ ।      

एडप्याडले ग्लोबल अधिकार पाएको आईटीडब्लु नामको संस्थासँग नेपालको लागि प्रसारण अधिकार लिएको हो । शृंखलाका खेलहरु हिमालय टिभी र ओएसआर स्पोर्ट्सको युटुबमा हेर्न सकिने एडप्याडले जनाएको छ । 

चार देशीय ट्वान्टी ट्वान्टी शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले फेब्रुअरी ११ मा आयोजक ओमानको सामना गर्नेछ । नेपालले आफ्नो दोश्रो खेल १२ तारिकमा युएई विरुद्ध खेल्ने छ भने एक दिनको विश्राम पछि नेपालले तेश्रो तथा अन्तिम खेलमा टेस्ट राष्ट्र आयरल्याण्डकोसँग खेल्ने छ । 

“कुनै नेपाली कम्पनीले विदेशी कम्पनीसँग सहकार्य गरी राईटस् खरिद गरेको यो पहिलो पटक हो । यसले अबका दिनमा पनि नेपाल सम्मिलित खेलहरु नेपाली दर्शकले हेर्न पाउने वातावरण सिर्जना गरेको छ,” एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले प्रेस विज्ञप्तिमा भनेका छन् । ” विगतमा वेबसाइट लाई रिफ्रेस गरी गरी स्कोर अपडेट लिनुपर्ने स्थितीबाटआज अन्तराष्ट्रिय स्तरको प्रसारण नेपालमा उपलब्ध गराउन पाँउदा हामी उत्साहित छौ ।”

नेपाली टोली : – सन्दिप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषावाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी,शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक यादव, लोकेश बम, सागर ढकाल 

चार देशीय प्रतियोगिता –   

माघ २८               नेपाल विरुद्ध ओमान 

माघ २९               नेपाल विरुद्ध युएई  

फागुन २               नेपाल विरुद्ध आयरल्याण्ड    

Click to comment

Trending