Headline

आईपीएलको नयाँ टोली अहमदाबादले फेरी आफ्नो नाम परिवर्तन गर्यो ​​​​​​​

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) टोली अहमदाबादले फेरी आफ्नो फ्रेन्चाइजको नाम परिवर्तन गरेको छ ।

सिभीसी क्यापिटल्सको लगानी रहेको अहमदाबादले दुई दिन अघि मात्र आफ्नो नाम अहमदाबाद टाइटान्स राखेको भन्दै सार्वजनिक गरेको थियो । तर उसले आज फेरी आफ्नो टोलीको नाम परिवर्तन गर्दै गुजरात टाइटान्स राखेको जनाएको हो ।  

पाँच हजार ६ सय २५ करोड भारु खर्च गरेर किनेको सिभीसीले यस अघि नै भारतीय टोलीका अलराउण्डर हार्दिक पान्ड्यालाई आफ्नो कप्तान नियुक्त गरेको थियो । अहमदाबादले पान्ड्यालाई १५ करोडमा अनुबन्ध गरेको हो ।

त्यस्तै उसले अफगानिस्तानका लेग स्पिनर रशिद खानलाई १५ करोड तथा भारतीय टेस्ट टोलीका ओपनर शुबमन गिललाई सात करोडमा यस अघि नै अनुबन्ध गरेको थियो ।

यस पटकको आईपीएलको मेगा अक्सन आगामी फेब्रुअरी १२ र १३ मा आयोजना हुनेछ भने आईपीएल मार्च २७ तारिकबाट सुरु हुनेछ ।

Click to comment

Trending