Headline

कसरी समाद्वेशिताका कारण ब्राजिलियन फुटबलमा २४ एक वर्जित नम्बर हुन पुग्यो ?

Published

on

फुटबलका लागि पागल ब्राजिलमा फुटबल जर्सी नपाइने ठाँउ नै हुँदैन । ब्राजिलका सर्वकालीन महान रोनाल्डोको ९, पेलेको १० र रोमारियोको ११ सबैभन्दा बढी देखिने गरेका जर्सी नम्बर हुन् ।

तर एक नम्बरको चर्चा नै हुँदैन – २४ । यो नम्बर ब्राजिलमा ब्याप्त समाद्वेशिक वर्जन (होमोफोबिक टाबु) केन्द्रित छ । एक शताब्दी भन्दा पुरानो ब्राजिलियन इतिहासबाट उत्पत्ति भएको यो नम्बरको कथा हाल बिस्तारै परिवर्तित भइरहेपनि अझै समलैंगिक सम्बन्ध बिरोधी बर्तमान समाजसँग जुध्ने गर्छ ।

२४ वर्जनको यो कथा १८९२ मा शुरु भएको थियो जब ब्राजिलको पहिलो चिँडिया घरका संस्थापक बारोन जाओ बाटिस्टा भियाना ड्रमन्डले आफ्नो आर्थिक संकट टार्न ‘ओ जोगो डो बिचो’ लोटरी नाम दिएर रचनात्मक रुपमा कार्ड गेमको शुरुवात गरे ।

रियो दे जानेरो चिँडिया घर हेर्न आउनेहरुलाई जनावरको आकृति दिइन्थ्यो र हरेक दिन बारोनका स्टाफले २५ मध्ये एक जनावर छान्दै नगद पुरस्कार दिन्थे । स्टाफले छानेको जनावर भएका सबैले पुरस्कार पाउथे ।

यो खेल निकै प्रख्यात बन्न पुग्यो । व्यवसायीहरुले जनावरको चित्र राखिएको बिँगो कार्ड बनाउदै बम्पर पुरस्कार सहित बेच्न थाले । तीन बर्षमै जुवाको बिकराल रुप लिन थालेपछि यो खेलमा सरकारले प्रतिबन्ध लगायो । तर भित्री रुपमै भने यो खेल संस्थागत हुन थालिसकेको थियो ।

अहिले पनि यो खेललाई ब्राजिलको सबैभन्दा ठूला ब्यावसाय बनेका राजनीति, कार्निभल, सँगित र फुटबलसँग सम्बन्ध राख्ने माफिायाले चलाइरहेको छ ।

यो कार्ड गेमको २४ औं आकृतिमा हरिण देखिन्छ । पोर्चुगिजमा हरिणलाई ‘भियाडु’ भनिन्छ र यो शब्द त्यहाँ एक समाद्वेशिक गाली दिनलाई प्रयोग गरिन्छ । कारण, हरिण स्त्रीवाची शब्द हो र स्त्री कहिले काही समलैंगिक सम्बन्ध स्थापनामा पनि लाग्छन् ।

कुनै समयको पोर्चुगिज उपनिवेश ब्राजिलमा यही कारणले नै पुरुष फुटबलरहरु २४ नम्बरको जर्सीसँग टाढा रहने गर्छन् ।

“यो कुरा निकै हास्यास्पद छ किनभने २४ अरु कुनै नम्बर सरह नै त हो । तर यहाँ यो नम्बर वर्जित छ,” साओ पाउलोमा तेश्रो लिँगी फुटसल टिम स्पोर्ट क्लब टि मोस्किटेरोसका खेलाडी तथा एलजिबिटीआई अभियन्ता बर्नार्डो गोन्जालेज भन्छन् ।

गोन्जालेजका अनुसार केही ब्राजिलियन पुरुषहरु फिल्म हलमा टिकट लिँदा अथवा अपार्टपेन्ट लिँदा पनि २४ नम्बर छान्दनैन् । २४ बर्ष पुग्दा पनि उनीहरु आफू २३ प्लस १ भएको भन्ने गर्छन् ।

“अरुले आफ्नो पुरुषत्वमाथि प्रश्न नगरोस भनेरै फुटबलरहरु अर्को नम्बर लिने गर्छन्,” उनले भने ।

अह यहाँ होइन

ब्राजिलियन शिर्ष श्रेणीका २० टिमहरु मध्ये मात्र चारले २४ नम्बरको प्रयोग गरिरहेका छन् । ती मध्ये तीन युवा खेलाडीहरु आफ्नो करिअरकै पहिलो व्यवसायिक सम्झौतामा छन् ।

“मलाई लाग्छ सबै क्लबले यो नम्बर प्रयोगमा ल्याउन महत्वपूर्ण छ । यो एउटा नम्बर मात्र हो जुन समाद्वेशी पूर्वाग्रहको शिकार बनिरहेको छ । तर कोबी ब्रायन्ट (अमेरिकी बास्केटबल लेजेण्ड) जस्ता महान खेलाडीले पनि यो नम्बरको प्रयोग गरेका थिए,” सान्टोसका १९ बर्षिय मिडफिल्डर केभिन माल्थस भन्छन् ।

ब्राजिलियन घरेलु लिगमा यो नम्बरको प्रयोग गर्ने सबैभन्दा ठूलो नाम २०२० मा साओ पाउलो क्लब कोरिन्थियन्स आएका कोलम्बियन मिडफिल्डर भिक्टर कान्टिलो हुन् । यसअघि पूर्व क्लब जुनियरमा उनले प्रयोग गर्दै आएको २४ नम्बर नै कोरिन्थियन्समा लगाउने उनको निर्णयले होहल्ला मच्चिएको थियो ।

“यो २४ यहाँ हुँदैन,” कोरिन्थियन्सका तत्कालीन फुटबल निर्देशक डुलियो मोन्टेरो आल्भेसले भनेका थिए ।

ओल्भेसको यो अभिव्यक्ति बिवादास्पद बन्यो र धेरै खेलाडीहरुले यसको बिरोधमा २४ नम्बर लगाएर एक खेल पनि खेले । यसमा ब्राजिलका स्टार खेलाडी तथा फ्लेमिँगो स्ट्राइकर गाबिगोलले पनि साथ दिएका थिए ।
तर यो खिँचातानी भने ब्राजिलमा समाप्त हुने नाम लिइरहेको छैन ।

एलजिबिटिक्यु अधिकार समुह आर्को–आइरिसले गत महिना साओ पाउलोमा अण्डर–२० प्रतियोगिता खेल्न जाँदा २४ नम्बर नै हटाएको भन्दै फ्लेमिँगोलाई मुद्दा नै हालिदियो । भेदभाव गर्ने आशय साबित गर्न गाह्रो हुने भन्दै यो मुद्दा खारेज गरिएको थियो ।

अर्को एक प्रतियोगितामा अमेरिका मिनेरो विँगर जुरान्डिरले २४ नम्बरको प्रयोग गर्दा निकै गाली भेटेका थिए ।

आन्दोलनको प्रतिक

“कैयौं आलोचना र सामाजिक आन्दोलनका बावजुद यो वर्जनलाई समाप्त पार्न पर्याप्त भएको छैन । ब्राजिलियन फुटबलले पुरषत्वका लागि मात्रै ठाँउ राखेको जस्तो भान हुन्छ,” फ्लुमिनिज फेडेरल युनिभर्सिटीका समाजशास्त्री रोद्रिगो मोन्टेरो भन्छन् ।

धेरै जसो अन्तर्राष्ट्रिय प्रतियोगिताहरुले २३ खेलाडीको टोलीलाई मात्र अनुमति दिने र जर्सी नम्बर त्यही आधारमा प्रयोग गर्नु पर्ने भएका कारण ब्राजिलि राष्ट्रिय टोलीलाई यो बिवादले अहिलेसम्म छुन सकेको छैन ।

तर गत बर्ष कोपा अमेरिका आयोजकले कोरोनाका कारण २८ खेलाडी राख्ने अनुमति दिएको भएपनि ब्राजिलले २४ नम्बर दर्ता नै गरेको थिएन । आर्को–आइरिसले यसलाई समाद्वेशिक भन्दै मुद्दा हालेको थियो । ब्राजिलियन फुटबलको सर्वोच्च निकायले यो निर्णय पूर्ण रुपमा खेलकुद सम्बन्धित रहेको भनेपछि मुद्दा अघि बढेन ।

तुलनात्मक रुपमा ब्राजिलियन महिला फुटबलमा यो नम्बरको प्रयोग नियमित रुपमा हुने गरेको छ भने एलजिबिटिक्यु टोलीहरुमा निकै प्रख्यात पनि छ ।

“यो एउटा आन्दोलनको प्रतिक हो,” आफै पनि २४ नम्बरको जर्सी प्रयोग गर्ने गरेका गोन्जालेजले भने ।

Click to comment

Trending