Headline

युनाइटेड रेलिगेसन जोनको बर्नलीसँग रोक्कियो

Published

on

पुछारको टोली बर्नलीसँग बराबरीमा रोक्किएपछि म्यानेचस्टर युनाइटेड इंगलिस प्रिमियर लिग शिर्ष चारबाट तर झरेको छ ।

मँगलवार भएको खेलमा युनाइटेड बर्नलीसँग १–१ गोलको बराबरीमा रोक्कियो । यसअघि वेष्ट ह्यामले वाटफोर्डलाई १–० ले पराजित गरेपछि युनाइटेड पाचौं स्थानमा धकेलिएको थियो । जितले मात्रै युनाइटेड च्याम्पियन्स लिग स्थानमा फर्किन सक्ने थियो ।

यद्दपि युनाइटेडले वेष्ट ह्यामभन्दा एक खेल कम खेलेको छ । युनाइटेडको ३९ र वेष्ट ह्यामको ४० अंक भएको छ । म्यानचेस्टर सिटी २३ खेलबाट ५७ अंक सहित शिर्ष स्थानमा कायमै छ भने २२ खेलपछि लिभरपुलको ४८ र २४ खेल खेलेको चेल्सीको ४७ अंक छ ।

युनाइटेडका लागि गाह्रो कुरा के छ भने उसको पछाडी तीन टोली च्याम्पियन्स लिगको स्पष्ट दाबेदारीमा रहेको छ । २१ खेल खेलेको आर्सनल र २० खेल खेलेको टोेटेन्ह्याम हटस्परको समान ३६ अंक छ भने उल्भ्सको ३४ अंक छ । उल्भ्सले २१ खेल मात्रै खेलेको छ ।

पउल पोग्बाले उत्कृष्ट गोल गरेपछि युनाइटेड अवे खेलमा १८ औं मिनेटमै अग्रता लिन सफल भएको थियो । पोग्बाले सिजनको पहिलो गोल गरेका हुन् ।

युनाइटेडको लागि दुई गोलले मान्यता पाएन भने निक पोपले मार्कस रासफोर्ड, एडिन्सन काभानी र रफाएल भारानको प्रहार बचाएका थिए । दोश्रो हाफमा केही राम्रो प्रदर्शन गरेको बर्नलीले रे रोद्रिग्वेजमार्फत ४७ औं मिनेटमा बराबरी गोल गरेको थियो ।

पछिल्लो तीन खेल अपराजित रहेको बर्नलीको १४ अंक छ । न्युकासल युनाइटेड एभर्टनलाई ३–१ ले हराउदै रेलिगेसन जोनबाट बाहिर निक्लन सफल भयो । न्युकासलको १८ अंक छ भने रेलिगेसन जोनमा रहेका नर्विचको १६ र वाटफोर्डको १५ अंक छ । एक खेल कम खेलेको एभर्टनको १९ अंक छ ।

Click to comment

Trending