Headline

ओमान र युएईबीचको तेश्रो लिग टु खेलमा रोमाञ्चक बराबरी

Published

on

ओमान र युएईबीच जारी आईसिसि बिश्वकप लिग टु अन्तर्गतको तेश्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय रोमाञ्चक बराबरीमा टुँगिएको छ ।

अल अमिरातमा पहिलो ब्याटिँग गरेको ओमानले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनायो । १ सय ६९ रनमै ८ विकेट गुमाएको युएईलाई कासिफ दाउदले खेलमा फर्काए पनि उनी अन्तिम ओभरमा आउट भएपछि ओमान २ सय १४ रनमै अल आउट भयो ।

जितका लागि अन्तिम बलमा तीन रन आवश्यक पर्दा नयाँ ब्याट्स्मयान अकिफ रजा तेश्रो रनका लागि जाँदा रनआउट भएपछि ओमानले खेल बराबरी गरेको थियो । ओमान पहिलो दुवै खेलमा हारेको थियो ।

लिग टुको अंक तालिकामा शिर्ष स्थानमा रहेको ओमानको २३ खेलबा ३० अंक भएको छ भने चौथो स्थानमा रहेको युएईको १० खेलमा १२ अंक छ । स्कटल्याण्ड १२ खेलबाट १६ अंक सहित दोश्रो र अमेरिका १६ खेलबाट १४ अंक सहित तेश्रो स्थानमा छ ।

नामिबियाले ९ खेल पुरा गरेको छ र उसको १० अंक छ भने नेपालको ८ खेलबाट ८ अंक छ । पपुवा न्युगिनी १२ खेल पुरा गरिसक्दा अंक बिहिन छ । लिगमा ७ वटै टिमले होम एण्ड अवे गर्दै ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय पुरा गरिसकेपछि शिर्ष तीनमा रहने टोली बिश्वकपको ग्लोबल छनोटमा साझै क्वालिफाई हुनेछन् ।

ओमान र युएई अब ट्वान्टी ट्वान्टी बिश्वकप छनोट अघि नेपाल र आयरल्याण्ड पनि सम्मिलित चार देशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने छन् ।

मँगलवार युएईले सामान्य लक्ष्य पछ्याउने प्रयासमा आफ्नो पहिलो चार विकेट ५० रनमै गमाएको थियो । मोहम्मद उस्मान र बसिल अहमद (२६) ले त्यसपछि ५८ रनको साझेदारी गरेका थिए । तर ओमान पुन खेलमा फर्कदै उस्मान सहित ८ युएई ब्याट्स्म्यानलाई १ सय ६९ रनमा पेभिलियन फर्काउन सफल भयो ।

दाउदले त्यसपछि जाहुर खान (तीन नटआउट) सँग ४३ रन जोडेका थिए । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अद्र्धशतक पुरा गर्ने क्रममा दाउदले ४८ औं ओभरमा कलिमुल्लाहलाई लगातार दुई छक्का प्रहार गरेपछि युएईलाई अन्तिम दुई ओभरमा मात्र १४ रन आवश्यक रहेको थियो ।

४९ औं ओभरमा दाउदले पाँच रन जोड्दै स्ट्राइक आफैसँग राखेका थिए । अन्तिम ओभरको पहिलो दुई बल डट खेलेका उनले त्यसपछि दुई रन र चौका जोडेपछि युएई जितबाट मात्र तीन रन पर रहेको थियो । खवर अलिले दाउदलाई पेभिलियन फर्काएपछि ओमान लगातार तेश्रो हारबाट बचेको थियो ।

दाउदले ५२ बलमा ५२ रन जोड्दा समान तीन छक्का र चौका प्रहार गरे । उस्मानले ८१ बलमा ४७ रन बनाउदा चार चौका र एक छक्का प्रहार गरे । ओपनर मोहम्मद वसिमले ४१ बलमा ३५ रन बनाउदा पाँच चौका र एक छक्का प्रहार गरे ।

ओमानका लागि खवर अली र नेस्टर धाम्बाले समान तीन–तीन विकेट लिए भने कलिमुल्लाहले पनि दुई विकेट लिए ।

यसअघि ओमानका लागि ओपनर कश्यप प्रजापतीले ८९ रनमा ५७ रन बनाए भने कप्तान जिशान मक्सुदले ३६ र नसिम खुशीले ३३ रन जोडेका थिए । दाउद र जाहुर खानले युईका लागि समान तीन विकेट लिएका थिए ।

Click to comment

Trending