Headline

सागर ढकाल बिश्वकप छनोटका लागि नेपाली टोलीमा थपिए

Published

on

नेपाल क्रिकेट संघ (क्यानले) बायाँ हाते स्पिनर सागर ढकाललाई ब्याक अप खेलाडीको रुपमा ओमान जाने राष्ट्रिय टोलीमा थपेको छ ।

कोरोना भाइरसको महामारीका कारण क्यानले एक अतिरिक्त खेलाडी लिएर ओमान जाने भएको हो । अब टिम १७ सदस्यीय हुने भएको छ ।

सागर एभरेष्ट प्रिमियर लिगको म्यान अफ द सिरिज थिए भने प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि अन्तिम समयमा मात्र नेपाल पुलिस क्लबसँग जोडिएका उनले ६ विकेट लिएका थिए ।

सागर पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन् । उनी यसअघि अण्डर १९ टोलीका सदस्य रहेका थिए ।

नेपाली टोली मँगलवार साँझ ६ः३० को फ्लाइटमा ओमान जाने कार्यक्रम रहेको छ । बिश्वकप छनोट अघि नेपालले चार देश सम्मिलित ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय पनि खेल्नेछ ।

क्यानले मँगलवार नै नेपाली टोलीको भर्चुवल बिदाई गरेको थियो ।

Click to comment

Trending