Headline

ओमान लगातार दोश्रो खेलमा युएईसँग पराजित

Published

on

बिश्वकप लिग टु मा ओमानलाई लगातार दुई खेलमा हराउदै युएईले आफ्नो शान्दार फर्मलाई कायमै राखेको छ । शनिबार ३ सय ८ रनको बिशाल लक्ष्य पछ्याएको युएईले आइतबार पनि ओमानलाई चार विकेटले पराजित गर्यो ।

जितसँगै युएई अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । ११ अंक रहेको युएईले पाँचौ जित हात पारेको हो । ओमानले भने २२ खेलमा आएर सातौं पराजय व्यहोरेको छ । ओमान शिर्ष स्थानमा कायमै छ । स्कटल्याण्डको १२ खेलबाट १६ र अमेरिकाको १६ खेलबाट १४ अंक छ ।

९ खेलबाट १० अंक रहेको नामिबिया पाचौं स्थानमा धकेलिएको छ भने ८ खेलमा ८ अंक रहेको नेपाल छैटौंमा छ । १२ खेलमा जित विहिन पपुवा न्युगिनी भने पुछारमा छ ।

लिगमा सबै टोलीले ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेपछि शिर्ष तीनमा रहने टोली बिश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्ने छन् । चौंथो देखि सातौं स्थानमा रहने टोलीले च्यालेन्ज लिग ए र बिका बिजेता टोली सम्मिलित प्लेअफबाट अर्को मौका पाउने छन् ।

अल अमिरातमा बसिल हमिदले पाँच विकेट लिएपछि ओमान ४७ दशमलव २ ओभरमा १ सय ९५ रनमै अलआउट हुन पुग्यो । चन्दनगापोयिल रिज्वानले नटआउट ७६ रनको पारी खेलेपछि ओमानले ४५ दशमलव ३ ओभरमा लक्ष्य प्राप्त गर्यो ।

मुहम्मद वसिम (५) लाई १० रनमै गुमाएको युएईलाई रिजवानले नै सम्हालेका थिए । उनले दोश्रो विकेटका लागि चिराग सुरीसँग ७२ रनको साझेदारी गरे भने भ्रित्या अरविन्द (३४) सँग ५० रन जोडेका थिए । शनिबारको खेलमा शतक बनाएका चिरागले ६९ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ४३ रन बनाए ।

रिजवानले १ सय १६ बलमा पाँच चौका प्रहार गरे । यस्तै मुहमद उस्मान र काशिफ दाउदले समान १८ रन बनाए । ओमानका लागि बिलाल खानले तीन विकेट लिएका थिए ।

यसअघि ५९ रनमै तीन विकेट गुमाएको ओमानको इनिङ्गस सम्हाल्ने क्रममा शोएब खानले आयान खानसँग ९९ रनको साझेदारी गरेका थिए । तर उनको विकेट पतनसँगै ओमानको इनिङ्गस धर्मराएको थियो ।

शोएबले ५९ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ६८ रन बनाए । आयानले ३३ रन जोडे भने कश्यप प्रजापतिले २९ रन बनाएका थिए । अन्य ब्याट्स्म्यानहरुले उल्लेखनीय योगदान दिन असफल रहे । हमिदले ६ दशमलव २ ओभरमा मात्र १७ रन खर्चेका थिए । अहमद रजाले दुई विकेट लिए ।

Click to comment

Trending