Headline

भारतलाई १७७ रनको सामान्य लक्ष्य 

Published

on

युजभेन्द्र चाहल, वाशिंगटन सुन्दर र प्रसिद्ध कृष्णाले घातक बलिङ गर्दा भारतले वेस्ट इन्डिज विरुद्धको पहिलो एकदिवसीय खेल जित्न १७७ रनको सामान्य लक्ष्य पाएको छ । 

सुरुवात राम्रो गर्न नसके पनि जेसन होल्डरले अर्धशतकीय पारी खेल्दा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३ दशमलब पाँच ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १७६ रनमा समेटिएको हो ।

वेस्ट इन्डिजको तर्फबाट जेसन होल्डरले ७१ बल खेल्दै सर्वाधिक ५७, फाबियन एलेनले २९, डेरेन ब्राभो र निकोलस पुरनले समान १८-१८, ब्रेन्डन किङ र अल्जारी जोसेफले समान १३-१३ तथा शमार ब्रुक्सले १२ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  

७९ रनमा सात विकेट गुमाएर तीन अंकको स्कोर पनि नछुने अवस्थामा पुगेको वेस्ट इन्डिजको लागि जेसन होल्डर र फाबियन एलेनले ७८ रनको साझेदारी गर्दै १५७ रनको अवस्था सम्म डोर्याए । 

वेस्ट इन्डिजलाई सानो स्कोरमा रोक्ने क्रममा चाहलले नौ दशमलब पाँच ओभरमा ४९ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने सुन्दरले नौ ओभरमा ३० रन दिएर तीन विकेट आफ्नो नाममा दर्ता गराए । त्यस्तै किफायती बलिङ गर्दै दुई विकेट लिएका कृष्णाले १० ओभरमा २९ रन मात्र दिए ।   

 

Click to comment

Trending