Headline

भारतलाई २२ बर्षमा पाचौं अण्डर–१९ बिश्वकपको उपाधि

Published

on

तिब्र गतिका बलरहरुले उच्च प्रदर्शन दिएपछि भारतले पाचौं पटक आईसीसी अण्डर-१९ बिश्वकपको उपाधि जितेको छ ।

पछिल्लो २२ बर्षमा पाचौं उपाधि जित्ने क्रममा भारतले शनिबार नर्थ साउण्डमा भएको फाइनलमा इंगल्याण्डलाई चार विकेटले पराजित गर्यो । जेम्स रिउले उत्कृष्ट इनिङ्गस खेलेपनि इंगल्याण्ड ४४ दशमलवव ५ ओभरमा १ सय ८९ रनमै समेटिएको थियो ।

सइक रशिद र निशान्त सिन्धुले अर्धशतक प्रहार गरेपछि भारतले ४७ दशमलव ५ ओभरमा ७ विकेटको क्षतिमा १ सय ९५ रन बनायो । दिनेश बानाले भारतका लागि छक्का प्रहार गर्दै उपाधि सुनिश्चित पारेका थिए ।

सन् २००० मा मोहम्मद कैफको कप्तानी अण्डर बिश्वकप जित्न शुरु गरेको भारतलाई २२ बर्षमा पाँच फरक कप्तानले उपाधि जिताएका हुन् । उसलाई २००८ मा बिराट कोहली, २०१२ मा उन्मुक्त चन्द, २०१८ मा पृथ्वी स र यसपटक यश धुलले उपाधि दिलाएका हुन् ।

पछिल्लो समय देखि जुनियर क्रिकेटमा राज गर्दै आएको भारतले १४ बर्षमै चार अण्डर-१९ बिश्वकप जित्दा ६ पटक फाइनल पुगेको हो ।

आठौं पटक फाइनल खेलिरहेको भारतले उत्कृष्ट शुरुवात गर्ने क्रममा इंगल्याण्डको पहिलो ७ विकेट ९१ रनमै झारेको थियो । यस क्रममा रवि कुमारले तीन र राज बावाले तीन विकेट लिएका थिए ।

रिउले इंगल्याण्डलाई धराशायी हुनबाट जोगाउदै आठौं विकेटका लागि जेम्स सेल्ससँग ९३ रनको साझेदारी गरेका थिए । कुमारको चौथो शिकार बनेका रिउले १ सय १६ बलमा १२ चौकाको मद्दतमा ९५ रन बनाएका थिए ।

उनको विकेट पतनसँगै इंगल्याण्डले अन्तिम तीन विकेट मात्रै पाँच रनमा गुमाएको थियो । सेल्स ६५ बलमा ३४ रन बनाउदै नटआउट रहे । भारतका लागि बावाले ९ दशमलव पाँच ओभरमा ३१ रन खर्चदै पाँच विकेट लिएका थिए । कुमारले ९ ओभरमा ३४ रन दिए ।

दोश्रो बलमै ओपनर अगकृष रघुबन्सीलाई गुमाएको भारतलाई रशिदले दोश्रो विकेटका लागि हर्नुर सिँह (२१) सँग ४९ रनको साझेदारी गर्दै सम्हालेका थिए । सेमिफाइनलमा अष्ट्रेलियाबिरुद्ध ९४ रन बनाएका रशिदले कप्तान यश धुल (१७) सँग पनि ४६ रन जोडेका थिए ।

भारतले रशिद र सेमिफाइनलमा शतक प्रहार गरेका धुललाई दुई रनको अन्तरमा गुमाएपनि सिन्धु र बावाले टिमलाई जिततर्फ डोर्याएका थिए । उनीहरुले पाचौं विकेटका लागि ६७ रनको निर्णायक साझेदारी गरे ।

सिन्धु ५४ बलमा ५० रन बनाउदै नटआउट रहे । उनले पाँच चौका र एक छक्का प्रहार गरे । बावाले ५४ बलमा ३५ रन बनाए । रशिदले ८४ बलमा ६ चौकाको सहयोगमा ५० रन बनाए । इंगल्याण्डका लागि जोशुवा बोयडेन, सेल्स र थोमस एस्पिनवालले २–२ विकेट लिए ।

Click to comment

Trending