Headline

नेपालको तर्फबाट ट्वान्टी ट्वान्टीमा बनेका तिब्र अर्धशतकहरु

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान ज्ञानेन्द्र मल्ल नेपालले पाएको उत्कृष्ट ब्याट्सम्यान मध्यका एक हुन् । ठुला र आक्रामक सट खेल्ने भन्दा पनि क्लासिकल सटमा विश्वास गर्ने तिनै ज्ञानेन्द्रले नेपालको तर्फबाट ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय तिब्र अर्धशतक बनाएका छन् ।

सन् २०१९ मा सिंगापुरमा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकप छनोट एसिया फाइनलमा मलेसिया विरुद्धको खेलमा ज्ञानेन्द्रले मात्र २० बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन्  । यस क्रममा उनले पाँच चौका र तीन छक्का प्रहार गरेका थिए ।

ज्ञानेन्द्रले १० दिन अघि मात्र विकेट किपर तथा आक्रामक ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको तर्फबाट बनाएको तिब्र अर्धशतकको किर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका हुन् । भण्डारीले नेपालले विश्वकप छनोट अघि मलेसियाको भ्रमण गरेको थियो । उक्त भ्रमणमा भण्डारीले आयोजक राष्ट्र विरुद्ध नै २५ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए ।

हेर्नुहोस् नेपालको तर्फबाट ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा बनेका तिब्र अर्धशतकहरु

बल      नाम                                 विरुद्ध                स्थान                 मिति                             प्रतियोगिता/शृंखला 
२०  ज्ञानेन्द्र मल्ल  मलेसिया  सिंगापुर  २४ जुलाई, २०१९  ट्वान्टी ट्वान्टी विश्वकप छनोट 
२२  पारस खड्का  भुटान  किर्तिपुर  ५ डिसेम्बर, २०१९  दक्षिण एसियाली खेलकुद 
२४  कुशल मल्ल  नेदरल्यान्ड्स  किर्तिपुर  २४ अप्रिल, २०२१  त्रिकोणात्मक शृंखला (नेपाल, मलेसिया, नेदरल्यान्ड्स)
२५  बिनोद भण्डारी  मलेसिया  क्वालालाम्पुर  १४ जुलाई, २०१९  नेपाल विरुद्ध मलेसिया, ट्वान्टी ट्वान्टी शृंखला 
२६  ज्ञानेन्द्र मल्ल  भुटान  किर्तिपुर  ५ डिसेम्बर, २०१९  दक्षिण एसियाली खेलकुद 
२६  कुशल भुर्तेल  मलेसिया  किर्तिपुर  १९ अप्रिल, २०२१  त्रिकोणात्मक शृंखला (नेपाल, मलेसिया, नेदरल्यान्ड्स)

 

Click to comment

Trending