Headline

 नेपालको तर्फबाट सर्वाधिक अर्धशतक प्रहार गर्नेहरु 

Published

on

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल मल्लले नेपालको लागि एउटा मात्र ट्वान्टी ट्वान्टी शृंखला खेलेका छन् । गत वर्ष अप्रिलमा नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित ट्वान्टी ट्वान्टी शृंखलामा उनले समुह चरणका चार र फाइनलमा गरेर कुल पाँच खेल खेले ।

उनले पाँच मध्य चार खेलमा अर्धशतक प्रहार गर्दा नेपालको तर्फबाट ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै अर्धशतक प्रहार गर्ने खेलाडीको सूचीमा पूर्व कप्तान पारस सहित पहिलो स्थानमा उक्लिए । नेपालको तर्फबाट ३३ खेल खेलेका पारसकको नाममा पनि चारवटा नै अर्धशतक रहेको छ ।

त्यस बाहेक विकेट किपर तथा आक्रामक ब्याटर बिनोद भण्डारीले दुई अर्धशतक प्रहार गर्दा नेपालको तर्फबाट अन्य कुनै पनि ब्याटरले एक भन्दा बढी अर्धशतक प्रहार गर्न सकेका छैनन् ।  

हेरौँ नेपालको तर्फबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडीहरु : 

नाम  खेल      पारी      रन         अर्धशतक    विरुद्ध 
कुशल भुर्तेल  ५  ५  २७८  ४  ७७ – नेदरल्यान्ड्स – २४ अप्रिल, २०२१ 

६२ – नेदरल्यान्ड्स – २० अप्रिल, २०२१ 

६१* – मलेसिया – १९ अप्रिल, २०२१ 

६२ – नेदरल्यान्ड्स – १७ अप्रिल, २०२१  

पारस खड्का  ३३  ३२  ७९९  ४  ५७ – भुटान – ५ डिसेम्बर, २०१९ 

६८ – कुवेत – २७ जुलाई २०१९ 

८६* – मलेसिया – १३ जुलाई, २०१९ 

५४ – नेदरल्यान्ड्स  – ३ जुलाई, २०१५ 

बिनोद भण्डारी  ३५  २७  ३१९  २  ५८* – हंगकंग – ५ डिसेम्बर, २०१९ 

५१* – मलेसिया – १४ जुलाई २०१९ 

ज्ञानेन्द्र मल्ल  ३२  २९  ६७३  १  ५१ – मलेसिया – २४ जुलाई, २०१९ 
आसिफ शेख  ५  ५  १५४  १  ५४* – नेदरल्यान्ड्स – १७ अप्रिल, २०२१ 
कुशल मल्ल  १०  ८  १४९  १  ५०* – नेदरल्यान्ड्स – २४ अप्रिल, २०२१ 
दिपेन्द्र सिंह ऐरी  २६  २२  ४७७  १  ६० – नेदरल्यान्ड्स, २० अप्रिल २०२१ 

Click to comment

Trending