Headline

ट्वान्टी ट्वान्टीमा धेरै डक आउट हुने नेपाली ब्याट्सम्यान  

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले खेलाडी र कप्तानका रुपमा उत्कृष्ट प्रदर्शन दिनुको साथै ठुला ठुला जितको स्वाद चाखेका छन् । नेपाललाई डिभिजन पाँच देखि एकदिवसीय मान्यता प्राप्त राष्ट्र तथा सन् २०१४ मा सम्पन्न ट्वान्टी ट्वान्टी सम्मको यात्रा तय गराएका पारसले नेपालको लागि बिभिन्न कीर्तिमानहरू आफ्नो नाममा लेखाउन सफल भएका छन् ।

तर उनै पारसको नाममा एउटा खराब तथ्यांक पनि रहेको छ । र त्यो हो, ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा धेरै डकआउट अथवा शून्यमा आउट हुने नेपाली ब्याटर । उनी धेरै डकआउट हुने नेपाली खेलाडीको सूचीको दोश्रो स्थानमा रहेका छन् । नेपालको लागि ३३ खेल खेलेका पारस तीन पटक डक आउट हुन पुगेका थिए ।

नेपाली ब्याटरहरु मध्य धेरै पटक डकआउट हुने ब्याटर भने प्रदिप ऐरी हुन् । प्रदिपले ११ खेल खेल्दा चार पटक रनको खाता पनि खोल्न भ्याएनन् । त्यस्तै युवा अलराउण्डर पवन सर्राफ पनि तीन पटक नै डकआउट भएका छन् र उनी पारससँगै दोश्रो स्थानमा छन् ।

हेर्नुहोस् धेरै पटक ट्वान्टी ट्वान्टीमा डकआउट हुने नेपाली ब्याट्सम्यानहरुको सूची :

नाम  खेल  पारी  डकआउट 
प्रदिप ऐरी  ११  ११  ४ 
पवन सर्राफ  १२  ११  ३ 
पारस खड्का  ३३  ३२  ३ 
सुशन भारी  ९  ५  २ 
शक्ति गौचन  ९  ५  २ 
अविनाश बोहरा  २४  ७  २ 
सदिप लामिछाने  २५  ९  २ 
करण केसी  ३३  २०  २ 

Click to comment

Trending