Headline

विश्वकप छनोट : अर्जेन्टिनाको संघर्षपूर्ण जित 

Published

on

यसै वर्ष आयोजना हुने कतार विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले कोलम्बिया माथि संघर्षपूर्ण जित निकालेको छ । घरेलु मैदानमा अर्जेन्टिनाले १-० को जित हात पारेको हो ।

जितसँगै अपराजित अर्जेन्टिना दोश्रो स्थानमा कायमै रहेको छ । १५ खेल खेलेको अर्जेन्टिनाको १० जित र पाँच बराबरी सहित ३५ अंक रहेको छ भने शीर्ष स्थानको ब्राजिलको १५ खेलमा ३९ अंक रहेको छ ।

यता अर्जेन्टिनासँग हार बेहोरे पछि कोलम्बियाको विश्वकपमा छनोट हुने आशा न्यून बन्दै गएको छ । १६ खेलमा तीनमा जित, आठमा बराबरी तथा पाँचमा हारको सामना गरेको कोलम्बिया १७ अंक सहित सातौँ स्थानमा रहेको छ । अब उसले बाँकी दुई खेल जितेर मात्र पुग्दैन अन्य टोलीको नतिजाले पनि फरक पर्नेछ ।    

लाउटारो मार्टिनेजले गरेको गोल नै अर्जेन्टिनालाई जित दिलाउन पर्याप्त रह्यो । मार्टिनेजले खेलको २९ औँ मिनेटमा मार्कोस एकुनाले दिएको पासको सदुपयोग गर्दै गोल गरे र अर्जेन्टिनालाई तीन अंक दिलाए ।

दुबै टोलीले गोलको प्रयास गरे पनि थप गोल हुन सकेन ।

Click to comment

Trending