Headline

दक्षिण कोरिया लगातार १० औं पटक बिश्वकपमा

Published

on

२०२२ कतार बिश्वकप एसिया छनौटमा सिरियालाई २–० ले पराजित गर्दै दक्षिण कोरिया लगातार १० औं पटक बिश्वकपका लागि छानिएको छ ।

दुबईमा भएको खेलमा जित हात पारेसँगै दक्षिण कोरिया एसियाबाट इरानसँगै समुह ए बाट बिश्वकपका लागि छनोट भएको हो । १९८६ मेक्सिको बिश्वकपमा पहिलो पटक सहभागिता जनाए यता दक्षिण कोरिया लगातार बिश्व फुटबलको महाकुम्भमा सहभागि हुँदै आएको छ ।

यस क्रममा दक्षिण कोरिया २००२ को बिश्वकपमा चौथो समेत भएको थियो । दक्षिण कोरिया बिश्वकपमा सेमिफाइनल पुग्ने हालसम्म एक मात्र एसियन टोली हो ।

चोटले इंगलिस प्रिमियर लिग स्टार सन हिउँग मिन अनुपस्थित रहेपनि दक्षिण कोरियाले सिरियालाई खेल अवधि भर दवाबमा राखेको थियो । ४३ औं मिनेटमा कोरिया गोल गर्नबाट नजिक रहेपनि चो गु सँगको प्रहार थोरैले बाहिरिएको थियो । दुई मिनेटपछि नै उनको हेडर पोस्टमा लागेको थियो ।

दोश्रो हाफ शुरु भएको नौं मिनेटमा किम जिन–सुको प्रहारले सिरियन गोलकिपर इब्राहिम आल्मालाई कुनै मौका नै दिएन । ७४ औं मिनेटमा क्वोन चाँग–हुनले बक्स बाहिरबाट गोेल गर्दै कोरियाको बिश्वकप टिकट सुरक्षित पारेका थिए ।

इरान यसअघि नै छैटौं र लगातार तेश्रो पटक बिश्वकपका लागि छनोट भइसकेको छ । इरान इराकलाई हराउदै बिश्वकप प्रवेश गरेको थियो ।

दुई समुह रहेको एसियाको क्वालिफाइँग समुहका तेश्रो स्थानका टोलीहरु प्लेअफमा खेल्नेछन् भने बिजेताले दक्षिण अमेरिकी टिमसँग कतारमा स्थान सुरक्षित राख्नका लागि खेल्नेछ ।

अरब देशमा हुन गइरहेको पहिलो बिश्वकप नोभेम्बर २१ देखि शुरु हुन गइरहेको छ । पहिलो पटक बिश्वकप हिउदमा हुन गइरहेको हो ।

बिश्वकपमा दक्षिण कोरियाले ठूलो उलटफेर गर्दै आएको इतिहास छ । २००२ मा दक्षिण कोरिया इटालीलाई स्तब्ध पार्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । २०१८ मा जर्मनीलाई समुह चरणमा २–० ले हराएपनि उ नकआउटमा प्रवेश गर्न असफल रहेको थियो । तर दक्षिण कोरियाको जितले त्यति खेरको डिफेन्डिङ्ग च्याम्पियन जर्मनी भने समुह चरणबाटै बाहिरिएको थियो ।

Click to comment

Trending