Headline

आईपीएलको अक्सनमा नेपालबाट सन्दिप मात्र 

Published

on

१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनको लागि नेपालबाट कप्तान सन्दिप लामिछाने मात्र पारेका छन् ।   

यस अघि नेपालबाट आवेदन दिने १५ जना नेपाली खेलाडीहरुको नाम सार्वजनिक भएको भए पनि अक्सनमा लेग स्पिनर सन्दिप लामिछाने मात्र जाने भएका हुन् । आईपीएलले आज सार्वजनिक गरेको सूचीमा नेपाली खेलाडीहरु मध्य सन्दिपको मात्र नाम रहेको छ ।

सन्दिपले आफ्नो बेस प्राइस (सुरुवाती मूल्य) ४० लाख भारतीय रुपैयाँ राखेका छन् । सन् २०२१ को सिजनको मिनी अक्सनमा पनि सन्दिपले ४० लाख नै राखेका थिए । तर उनी उक्त अक्सनमा कुनै पनि टोलीमा आबद्ध हुन पाएनन् । सन् २०१८ मा  पहिलो पटक दिल्लीमा आबद्ध हुँदा उनको बेस प्राइस २० लाख भारतीय रुपैयाँ रहेको थियो ।  

नेपालबाट सन्दिप बाहेक आवेदन दिने खेलाडीहरुमा असिफ शेख, पवन सर्राफ, सन्दिप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहरा, बिनोद भण्डारी, शरद भेषावाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरी रहेका थिए । तर उनीहरु अक्सनको अन्तिम सूचीमा भने अटाउन सकेनन् । 

नेपाली टोलीका नवनियुक्त कप्तान सन्दिप लामिछाने मात्र नेपालको तर्फबाट आईपीएल खेल्ने एक्ला खेलाडी हुन् । सन् २०१८ मा उनी तीन सिजनका लागि दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए भने अघिल्लो सिजनको लागि भएको मिनी अक्सनमा भने उनलाई कुनै पनि टोलीले आफ्नो टोलीमा समावेश गरेको थिएन ।

यस पटकको अक्सनमा ३७० भारतीय र २२० विदेशी खेलाडीमा बोली लाग्ने छ भने त्यस मध्य २१७ भारतीय र ७० विदेशी खेलाडीले मात्र १० टोलीमा स्थान सुरक्षित गर्न सक्ने छन् ।  

१५ औं सिजनको आईपीएलको अक्सन फेब्रुअरी १२ र १३ मा गरेर दुई दिन सम्म चल्ने छ ।

 

 

Click to comment

Trending