Headline

आफैले लोन गरेको किपरले पिएसजीलाई डुबाए

Published

on

आफैले लोन गरेको गोलकिपरले दुई पेनाल्टी बचाएपछि पेरिस सेन्ट जर्माइन (पिएसजी) फ्रेञ्च कपबाट बाहिरिएको छ । सोमबार भएको अन्तिम १६ को खेलमा पिएसजी निससँग पेनाल्टी सुटआउटमा ६–५ ले पराजित भयो ।

लिग वानको शिर्ष दुईमा रहेको टोलीबीचको खेलमा गोलरहित बराबरी भएपछि टाई ब्रेकरबाट निर्णय भएको थियो । क्वार्टर–फाइनलमा अब निसले लिगमा तेश्रो स्थानमा रहेको मार्सेसँग खेल्नेछ ।

पिएसजीको घरेलु मैदानमा दुवै टोलीले मौका बनाउन संघर्ष गर्दा अन्तिम ३० मिनेट मैदान उत्रिएका किलियन एमबाप्पेको प्रहार बारमा लागेको थियो ।

“हामी निसभन्दा राम्रो थियौं । हामी जितको हकदार थियौं तर यसको लागि पर्याप्त अवसर सृजना गर्न चुक्यौं । पेनाल्टी सुटआउट भनेको लोटरी जस्तै हो,” पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले भने ।

जियानलुईजी डोनारुमाको आगमनपछि लोन आउट भएका गोलकिपर मार्चिन बुल्का निसका हिरो बने । लियान्द्रो पारेडेसले प्रहार गरेको पिएसजीको तेश्रो पेनाल्टी पोलमा ठोक्किएपछि डोनारुमाले एन्डी डेलोर्टको प्रहार बचाउदै बराबरी गरेका थिए ।

तर निसको लागि दुर्लभ शुरुवाती ११ मा मौका पाएका बुल्काले १८ बर्षिय जाभी सिमोन्सको प्रहार रोक्दै पिएसजीलाई बाहिर पठाएका थिए ।

पिएसजीका लागि कहिल्यै खेल्न नपाएका बुल्काले पहिलो पटक उसको घरेलु मैदानमा अवसर पाएका थिए, तर फरक क्लबबाट । क्वार्टर–फाइनल खेलहरु फेब्रुवरी ८ र ९ मा हुने छन् ।

Click to comment

Trending