Headline

म्यानचेस्टर युनाइटेडका ग्रिनउड अनिश्चितकालका लागि निलम्बनमा

Published

on

मेसन ग्रिनउडले आफ्नी प्रेमिकालाई शारिरिक यातना दिनुका साथै यौन उत्पिडन गरेको घटना बाहिर आएपछि म्यानचेस्टर युनाइटेडले इंगल्याण्ड स्ट्राइकरलाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।

ग्रिनउडकी प्रेमिका ह्यारिएट रोब्सनले आफ्नो इन्स्टाग्राममाा आफूमाथि हमला गरेपछि लागेको चोटहरुको तस्विर देखाउनुका साथै यौन शोषण गर्दै गरेको अडियो क्लिप सार्वजनिक गरिदिएपछि उनी नराम्ररी फसेका हुन् ।

“अर्को सुचना जारी नभएसम्म मेसन ग्रिनउड प्रशिक्षणमा फर्कने छैनन् भने कुनै खेल पनि खेल्ने छैनन्,” युनाइटेडले एक बिज्ञप्ति जारी गर्दै भनेको छ । आइतबार बिहान पहिलो बिज्ञप्ति जारी गर्दा युनाइटेडले आफू सामाजिक सञ्जालमा बितरण भइरहेका तस्विर र आरोपबारे अवगत रहेको र तथ्य स्थापित नभएसम्म केही प्रतिकृया नदिने बताएको थियो ।

शरिरका बिभिन्न भागमा चोटको निशान रहेका दर्जनौ फोटो बिचलित गर्ने किसिमका छन् भने एक तस्विरमा ग्रिनउडकी प्रेमिकाको ओठको चोटबाट रगत बगिरहेको थियो । यो सबैको जिम्मेवार ग्रिनउड रहेको उनले आरोप लगाएकी छिन् ।

मेसन ग्रिनउडले मलाई के गर्छन् भनेर थाहा पाउन चाहेकाहरुका लागि यो फोटोहरु हालेको छु, उनले भनेकी छिन् । पोस्ट गरेको एक अडियो क्लिपमा एक व्यक्तिले महिलालाई यौन हिंसा गरेको सुनिन्छ । त्यसमा आवाज ग्रिनउड र उनी प्रेमिकाको रहेको दावी छ ।

हाल डिलिट भइसकेको सबै सामग्रीहरु सामाजिक सञ्जालमा सेभ भएका छन् ।

ग्रेटर म्यानचेस्टर पुलिसले यो घटना बाहिर आएपछि करिब २० बर्षका एक संदिग्धलाई पक्राउ गरेको सार्वजनिक गरेको छ । पहिचान गोप्य राखिएको संदिग्धलाई अहिले सोधपुँछ गरिरहेको र अनुसन्धान भइरहेको पुलिसले बताएको छ ।

ग्रिनउडको प्रायोजक नाइकीले एक बिज्ञप्ति जारी गर्दै भनेको छः “बिचलित गर्ने आरोपहरु प्रति हाम्रो ध्यानाकर्षण भएको छ । र यसलाई हामीले निकै नजिकबाट मोनिटर गरिरहेको छौं ।”

Click to comment

Trending