Headline

 विश्वकप छनोटका लागि भारतीय मूलका फिल्डिङ प्रशिक्षक नियुक्त 

Published

on

आगामी महिना ओमानमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले फिल्डिङ प्रशिक्षक नियुक्त गरेको छ ।

भारतीय मूलका रघु राम श्रीनिवास विश्वकप छनोटका लागि नेपालको फिल्डिङ प्रशिक्षकका रुपमा नेपाल आएका हुन् । उनी अष्ट्रेलियन क्रिकेट बोर्डको हाई परफर्मेन्स प्रशिक्षक हुन् । उनी हिजो नै नेपाल आइपुगेका हुन् र आजबाट टोलीसँग टियु क्रिकेट मैदानमा अभ्यासमा जोडिने छन् ।  

नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायेकेले श्रीनिवास नेपाली टोलीसँग जोडिएकोमा खुशी व्यक्त गरे भने  उनको आगमनले नेपाली टोलीको फिल्डिङ अझै सुध्रिने आशा व्यक्त गरे । 

“रघुले मसँगै अमेरिकन क्रिकेटमा काम गरेका थिए । उनी निकै उर्जावान फिल्डिङ्ग प्रशिक्षक हुन् । छोटो समयमा नै भए पनि उनले नेपाली टोलीमा रहेको केही कमी कमजोरीमा काम गर्नेछन् । आशा छ उनको आगमनले हाम्रो फिल्डिङ्ग अझै बलियो हुनेछ ।”

त्यस्तै पुबुदुले छोटो समयको सूचनाका बाबजुद नेपाल आउन तयार रहेका श्रीनिवास धन्यवाद पनि दिए ।      

Click to comment

Trending