Headline

अफ्रिका कप अफ नेसन्सः दुई लिभरपुल स्टार चम्कदा इजिप्ट र सेनेगल सेमिफाइनलमा

Published

on

लिभरपुलका दुई अन्तर्राष्ट्रिय स्टार मोहम्मद सलाह र सादियो माने दुवै आ–आफ्नो टोलीको लागि चम्किएपछि इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

इजिप्टले मोरक्कोमाथि अतिरिक्त समयमा गएको खेलमा २–१ को पुनरागमन जित हात पार्यो भने सेनेगलले इक्वेटोरियल गिनीलाई ३–१ ले पराजित गर्यो ।

सोफियाने बुफलले छैटौं मिनेटमै पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । तर सलाहले दोश्रो हाफको शुरु भएको ८ मिनेटमै खेललाई बराबरीमा ल्याएका थिए । मोहम्मद अब्देलमोनेमको हेडर मोरक्को गोलकिपरले बचाएपछि आएको रिबाउण्डमा सलाहले गोल गरेका थिए ।

इजिप्ट गोलकिपर मोहम्मद अबु गबालले खेलको अन्तिम समयमा नयिफ अगुर्दको प्रहार बचाउदै क्रसबारमा लागेपछि इजिप्ट गोल खानबाट बच्दै खेललाई अतिरिक्त समयमा धकेल्न सफल भएको थियो । १ सयौं मिनेटमा सलाहकै असिस्टमा इजिप्टले निर्णायक गोल गरेको थियो ।

सलाहले दायाँ तर्फ लोभलाग्दो ड्रिब्लिँग गर्दै बक्स भित्र लो डेलिभरी दिएपछि महमुद ट्रेजेगेले इजिप्टको लागि बिजयी गोल गरेका थिए । इजिप्टले अन्तिम चारमा उच्च लयमा रहेको आयोजक क्यामरुनको सामना गर्नेछ ।

“हाम्रो लक्ष्य इजिप्टका मान्छेहरुलाई खुशी बनाउनु हो,” सलाहले यसो भन्दै गर्दा इजिप्ट प्रशिक्षक कार्लोस केरोजले आफ्नो टोली ‘वान म्यान आर्मी ‘नरहेको स्पष्ट पारे ।

“म मान्छु उत्कृष्ट खेलाडी टिमलाई जिताउन अग्रसर रहनु पर्छ तर जुन किसिमको टिम गेम हामीले खेल्यौं, त्यसले के स्पष्ट पार्छ भने उत्कृष्ट खेलाडी पनि टिमको अनुपस्थितिमा केही हुँदैनन्,” केरोजले भने ।

सलाहले स्टेडियम छोड्दै गर्दा अर्को खेलको लागि आएका आफ्नो लिभरपुल टिम सदस्य मानेसँग ठोक्किन पुगेका थिए । मानेको असिस्टमा फमारा डिढिउले २८ औं मिनेटमा सेनेगललाई अग्रता दिलाए । तर इक्वेटोरियल गिनीले दोश्रो हाफको १२ मिनेटमा यानिक बुइलामार्फत बराबरी गर्यो ।

तर दोश्रो हाफमा सब्स्टिच्युट भएर मैदान आएका चेखु कुयाटे र इस्माइला सार दुवैले गोल गरेपछि सेनेगलको जित सुनिश्चित भएको थियो । सेमिफाइनलमा सेनेगलले बुर्किना फासोको सामना गर्नेछ ।

Click to comment

Trending