Headline

क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

Published

on

आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको क्वार्टर–फाइनल खेलहरुमा कार्ल टोको–इकाम्बीले दुई गोल गरेपछि क्यामरुनले पहिलो पटक प्रतियोगिता खेलिहरेको गाम्बियालाई २–० ले पराजित गर्यो । बुर्किना फासोले ट्युनिसियालाई १–० ले हरायो ।

फ्रान्समा जन्मिएका लियोन स्ट्राइकर टोको–इकाम्बीले दोश्रो हाफमा ८ मिनेटको अन्तरमा दुई गोल गर्दै क्यामरुनलाई जित दिलाएका थिए । खेल पूर्ण रुपमा हावी भएको क्यामरुनको जितपछि घरेलु दर्शकको खुशीको सिमा रहेन । छैटौं उपाधि अभियानमा रहेको क्यामरुनले सेमिफाइनलमा इजिप्ट अथवा मोरक्कोको सामना गर्नेछ ।

दोश्रो हाफ शुरु भएको पाँच मिनेटपछि कोलिन्स फाइले निकालेको क्रसमा टोको–इकाम्बीले फार कर्नरमा हेडरमार्फत गोल गरेका थिए । ५७ औं मिनेटमा मार्टिन होँगलाको लो क्रसमा टोको–इकाम्बीले जारी प्रतियोगितामा आफ्नो पाचौं गोल गरे ।

क्यामरुन कप्तान भिन्सेन्ट अबुबाकरले मात्र टोको–इकाम्बीभन्दा एक गोल बढी गरेका छन् । क्यामरुनले जारी प्रतियोगितामा गरेका सबै गोल यी दुई खेलाडीको नाममा रहेको छ ।

गरुवामा डाँगो ओवाटाराको एक मात्र गोलको मद्दतमा बुर्किना फासोले ट्युनिसियालाई सांघुरो अन्तरले पराजित गरेको हो । १९९८ र २०१७ मा पनि बुर्किना फासो ट्युनिसियालाई नै पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

Click to comment

Trending