Headline

दोश्रो पटक अफगानिस्तान र जिम्बावे बीचको शृंखला स्थगित 

Published

on

अफगानिस्तानले गर्ने भनेको जिम्बाबे भ्रमण लगातार दोश्रो पटक स्थगित भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले फेब्रुअरीको सुरुवातमा हुने भनिएको शृंखला हालको लागि स्थगित भएको र आगामी केही दिनमा भ्रमणको विस्तृत विवरण सार्वजनिक गर्ने पनि जनाएको छ ।

यस अघि गत डिसेम्बरमा गर्न पर्ने भ्रमण कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण स्थगित गर्न परेको थियो भने यस पटक ब्रोडकास्ट नमिलेका कारण भ्रमण यस पटकका लागि पनि स्थगित गर्न परेको अफगानिस्तान क्रिकेट बोर्डले विज्ञप्ति मार्फत जनाएको हो ।   

“गत डिसेम्बरमा नै हामीले गर्ने जिम्बावे भ्रमण अफ्रिकी देशहरुमा बढ्दै गएको ओमिक्रोनका कारण स्थगित गर्न बाध्य भयौँ । हामीले त्यस समयमा जिम्बावे क्रिकेट बोर्डसँगको सल्लाह अनुसार नै फेब्रुअरीको लागि मिति तय गरेका थियौं । अहिले जिम्बाबे उक्त शृंखलाका लागि ब्रोडकास्टका साथै डिआरएसका लागि समस्या भएका कारण दोश्रो पटकका लागि पनि शृंखला स्थगित गर्न परेको हो,” विज्ञप्तिमा भनिएको छ । 

अफगानिस्तानले जिम्बावे भ्रमणका समयमा आईसीसी सुपर लिग अन्तर्गत तीन एकदिवसीय खेल खेल्नुका साथै पाँच ट्वान्टी ट्वान्टी शृंखला पनि खेल्ने कार्यक्रम रहेको छ । 

Click to comment

Trending