Headline

बंगलादेशमाथि बदला पुरा गर्दै भारत अण्डर-१९ बिश्वकपको सेमिफाइनलमा

Published

on

दुई बर्षअघि फाइनलमा व्यहारेको हारको बदला पुरा गर्दै भारत आईसीसी अण्डर-१९ बिश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कुलिजमा शनिबार भएको क्वार्टर–फाइनलमा भारतले बँगलदोशलाई ५ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । भारतको लागि यो जितले २०२० मा दक्षिण अफ्रिकामा भएको यसअघिको संस्करणको फाइनलमा व्यहारेको हारको पिडाँमा मल्हम लगाउन मद्दत गरेको छ ।

दुई बर्षअघि बंगलादेशले डकवर्थ लेविस नियमका आधारमा भारतलाई फाइनलमा तीन विकेटले पराजित गर्दै पहिलो पटक कुनै पनि आईसीसीको बिश्वस्तरको प्रतियोगिताको उपाधि जितेको थियो ।

तर यसपटक भने भारतले बंगलादेशलाई कुनै मौका दिएन । पहिलो फिल्डिँग रोजेको भारतले बंगलादेशलाई ३७ दशमलव १ ओभरमा १ सय ११ रनमै अलआउट गर्यो । लक्ष्य पछ्याउने क्रममा पाँच विकेट गुमाएपनि अण्डर-१९ बिश्वकपको सबैभन्दा सफल टोली भारतले ३० दशमलव ५ ओभरमा जित हात पार्यो ।

भारतको जितमा अंगकृष रघुबंशीले सर्वाधिक ४४ रन बनाए भने शइक रशिदले २६ र कप्तान यश धुलले २० रन बनाए । बँगलादेशका लागि रिपोन मोण्डोलले चार विकेट लिएका थिए ।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा भारतका लागि म्यान अफ द म्याच रवि कुमारले ७ ओभरमा १४ रन दिदै तीन र भिक्की ओस्टवालले दुई विकेट लिएका थिए । ५६ रनमै ७ विकेट गुमाएको बंगलादेशलाई एसएम मेहेरुबले अशिकुर रहमान (१६) सँग ५० रन जोड्दै लज्जास्पद योगफलबाट बचाएका थिए । उनले ३० रन जोडे ।

१९८८ देखि शुरु भएको अण्डर-१९ बिश्वकपमा भारत किर्तिमानी चार पटकको च्याम्पियन हो । सेमिफाइनलमा अष्ट्रेलियाको सामना गर्दा उ सातौं पटक फाइनल प्रवेश गर्नका लागि खेल्नेछ । अर्को सेमिफाइनलमा इंगल्याण्डले र दोश्रो पटक अन्तिम चार प्रवेश गरेको अफगानिस्ताबिरुद्ध खेल्नेछ ।

अष्ट्रेलियाले तीन पटक अण्डर-१९ बिश्वकप जितेको छ भने पाकिस्तानले दुई पटक । यसबाहेक बंगलादेश, इंगल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इण्डिजले एक–एक पटक उमेर समुहको बिश्वकप जितेका छन् ।

Click to comment

Trending