Headline

अर्को किर्तिमान नजिक सन्दिप, ओमान विरुद्ध तीन विकेट हात पारे रशिद, ताहिर, चाहल, स्टेन जस्ता बलरलाई पछि पार्ने 

Published

on

नेपालले आगामी महिना आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोटको ओमानको भ्रमण गर्दैछ । ओमान भ्रमणका क्रममा नेपालले विश्वकप छनोट अघि ओमान क्रिकेट बोर्डको आयोजनामा हुने चार देशीय ट्वान्टी ट्वान्टी शृंखला पनि खेल्ने छ ।

आयोजक ओमान सहित नेपाल, युएई र आयरल्याण्ड सम्मिलित आफ्नो पहिलो खेलमा नेपालले ओमानको सामना गर्नेछ । उक्त खेलमा नेपाली टोलीका नवनियुक्त कप्तान सन्दिप लामिछानेले तीन विकेट हात पारेको खण्डमा रशिद खान, युझभेन्द्र चाहल, डेल स्टेन, ट्रेन्ट बोल्ट, मिचेल स्टार्क जस्ता चर्चित बलरहरुलाई पछि पार्दै किर्तिमान कायम गर्नेछन् ।

२१ वर्षीय लेग स्पिनर सन्दिप लामिछानेले नेपाल र आईसीसीको लागि २६ ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दै ४७ विकेट आफ्नो नाममा लेखाइ सकेका छन् । सन्दिपले ओमान विरुद्ध तीन विकेट हात पारे सबैभन्दा कम खेलमा ५० विकेट लिने खेलाडीको सूचीको दोश्रो स्थानमा पुग्ने छन् ।

ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा कम खेलमा ५० विकेट पुरा गर्ने किर्तिमान श्रीलंकाका अजन्था मेन्डिसको नाममा रहेको छ भने दोश्रो स्थानमा आयरल्याण्डका मार्क अडेर रहेका छन् । मेन्डिसले २६ खेलमा ५० विकेट हात पार्दा ५० विकेट लिनका लागि अडेरले २८ खेल खेलेका थिए । 

सन्दिपले तीन विकेट लिन सफल भएमा उनले २७ खेलमा आफ्नो ५० औँ विकेट पुरा गर्दै थोरै खेलमा ५० विकेट लिने बलरको सुचीमा अडेरलाई पछि पार्दै दोश्रो स्थानमा पुग्नेछन् ।

दक्षिण अफ्रिकाका लेग स्पिनर ताहिर र अफगानिस्तानका लेग स्पिनर रशिद खानले समान ३१-३१ खेलमा, भारतका लेग स्पिनर चाहलले ३४ खेलमा, दक्षिण अफ्रिकाका तीब्र गतिका बलर स्टेनले ३५ खेलमा यो कोशेढुँगा पुरा गरेका थिए । पाकिस्तानका स्पिनर सईद अजमलले ३७ खेलमा आफ्नो ५० विकेट पुरा गरेका थिए ।     

Click to comment

Trending