Headline

कोलम्बिया पेरुसँग स्तब्ध, रोन्डोनको ह्याट्रिकमा भेनेजुएला बिजयी

Published

on

पेरुसँग स्तब्ध भएपछि कोलम्बियाको २०२२ कतार बिश्वकपका लागि छनोट हुने अभियानमा नराम्रो धक्का लागेको छ ।

शुक्रबार भएको खेलमा दोश्रो हाफ सब्स्टिच्युट एडिसन फ्लोरेसले गरेको एक मात्र गोलको मद्दतमा पेरुले कोलम्बियामाथि १–० को जित हात पार्यो । खेल अवधिभर पेरुमाथि दवाब राखेको कोलम्बिया लगातार छैटौं खेलमा गोल गर्न असफल रहेपछि कोलम्बियालाई बिश्वकप छनोटमा अझै गाह्रो भएको छ ।

जित हात पारेको खण्डमा कोलम्बिया चौथो स्थानमा उक्लने थियो तर हारले उ छैटौं स्थानमा झरेको छ । दुई चरणको राउण्ड रोबिन लिगमा शिर्ष चार टोली मात्रै बिश्वकपका लागि छनोट हुने दक्षिण अमेरिकी छनोटबाट ब्राजिल र अर्जेन्टिना यसअघि नै कतारको टिकट काट्न सफल भइरसकेका छन् ।

बिहिबार ब्राजिललाई बराबरीमा रोकेको इक्वेडर २४ अंकका साथ तेश्रो स्थामा छ भने पेरु २० अंकका साथ चौथो स्थानमा उक्लिएको छ । उरुग्वेको १९ र कोलम्बियाको १७ अंक छ । शिर्ष दुई टोली बाहेक अन्य टिमहरुको हातमा मात्र तीन खेल बाँकी रहेको छ ।

इक्वेडर बिश्वकप नजिक छ भने कोलम्बियालाई अब लगभग सबै खेल जित्ने पर्ने दवाब बढेको छ ।

पेरुले मुस्किलले खेलमा सट अन टार्गेट राखेको थियो तर कोलम्बिया गोलकिपर डेविड ओस्पिना फ्लोसले टाइट एँगलबाट गरेको प्रहारमा बिट हुन पुगेपछि पेरुको भाग्य चम्किएको थियो ।

यसअघि नै बिश्वकपको दौडबाट बाहिरिसकेको भेनेजुएलाका लागि रोन्डोनले भविष्य उज्जवल रहेको संकेत दिदै बोलिभिया ४–१ ले पराजित हुन पुग्यो । भेनेजुएला मात्र १० अंकका साथ पुछारमा रहेको छ भने १५ अंक रहेको बोलिभियासँग मात्रै झिनो आशा रहेको छ ।

भेनेजुएलालाई पराजित गरेको खण्डमा बोलिभिया कोलम्बियालाई उछिन्दै बिश्वकपको समिकरणमा बलियो रुपमा प्रस्तुत हुने थियो । अर्को टोली पराग्वे पनि बाहिरिसकेको छ ।

Click to comment

Trending