Headline

ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालबाट धेरै विकेट लिने बलरहरु

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान तथा लेग स्पिनर सन्दिप लामिछाने नेपालको तर्फबाट ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलर हुन् । 

सन् २०१८ मा लर्ड्समा आयोजना भएको च्यारिटी खेलमा वेस्ट इन्डिज विरुद्ध आईसीसीको टोलीबाट खेल्दै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका सन्दिपले १६ खेल खेल्दै ४७ विकेट आफ्नो नाममा लेखाएका छन् ।   

नेपालले आगामी महिना ओमान आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप र छनोट अघि ओमान क्रिकेट बोर्डको आयोजनामा हुने चार देशीय ट्वान्टी ट्वान्टी शृंखला पनि खेल्ने छ । ओमान विरुद्धको उद्घाटन खेलमा सन्दिपले तीन विकेट निकाल्न सकेको खण्डमा दुई किर्तिमान आफ्नो नाममा लेखाउने छन्ती ।

२१ वर्षीय लेग स्पिनर सन्दिप तीन विकेट लिएको खण्डमा सबैभन्दा कम खेलमा ५० विकेट लिने खेलाडीको सुचीको दोश्रो स्थानमा पुग्ने छन् भने नेपालको तर्फबाट ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ५० विकेटको आँकडा पुरा गर्ने पहिलो बलर पनि बन्ने छन् । 

ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा कम खेलमा ५० विकेट पुरा गर्ने किर्तिमान श्रीलंकाका अजन्था मेन्डिसको नाममा रहेको छ भने दोश्रो स्थानमा आयरल्याण्डका मार्क अडेर रहेका छन् । मेन्डिसले २६ खेलमा ५० विकेट हात पार्दा ५० विकेट लिनका लागि अडेरले २८ खेल खेलेका थिए । तर सन्दिपले तीन विकेट लिन सफल भएमा उनले २७ खेलमा आफ्नो ५० औँ विकेट पुरा गर्दै थोरै खेलमा ५० विकेट लिने बलरको सुचीमा अडेरलाई पछि पार्दै दोश्रो स्थानमा पुग्नेछन् ।

नेपालको तर्फबाट धेरै विकेट लिने खेलाडीको सूचीको दोश्रो स्थानमा ‘भ्यालेन्टाइन ब्वाइ’ का नामले नेपाली क्रिकेटमा चर्चित करण केसी रहेका छन् । करणले ३३ खेल खेल्दै ४४ विकेट हात पारेका छन् ।

यस्तो छ नेपालको तर्फबाट धेरै विकेट लिने खेलाडीको सूची :  

नाम                                                    खेल         पारी        ओभर         मेडन       रन          विकेट      उत्कृष्ट        इकोनोमी       ४/५ विकेट 
सन्दिप लामिछाने  २५  २५  ९४.५   ३  ६४६  ४७  ४/२०  ६.८१  २/० 
करण केसी  ३३  ३३  १११.०  २  ८२०  ४४  ४/१७  ७.३८  २/० 
सोमपाल कामी  ३३  ३३  १०६.०  २  ७२९  ३१  ३/२०  ६.८७  ०/० 
बसन्त रेग्मी  १८  १८  ६२.१  ०  ४०५  २५  ४/१६  ६.५१  १/० 
अविनाश बोहरा  २४  २३  78.२  ०  ५३३  २२  ४/३५  ६.८०  १/० 
ललित नारायण राजबंशी  १२  १२  38.२  ०  २३१  १०  ३/६  ६.०२  ०/० 

Click to comment

Trending