Headline

अफगानिस्तान दोश्रो पटक अण्डर–१९ बिश्वकपको सेमिफाइनलमा

Published

on

अफगानिस्तान आफ्नो क्रिकेट इतिहासमा दोश्रो पटक आईसिसि अण्डर १९ बिश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहिबार भएको क्वार्टर–फाइनलमा अफगानिस्तानले श्रीलंकामाथि चार रनको रोमाञ्चक जित हात पार्दा न्युजिल्याण्डमा चार बर्ष अगाडीको उपलब्धिलाई एक पटक फेरि दोहोर्याउन पुग्यो । उक्त बिश्वकपमा अफगानिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।

कुलिजमा भएको खेलमा भिनुजा रनपुलले उत्कृष्ट बलिँग गर्दै ९ दशमलव १ ओभरमा मात्र १० रन खर्चदै ५ विकेट लिएपछि अफगानिस्तान ४७ दशमलव १ ओभरमा १ सय ३४ रनमै अल आउट भयो । अफगानिस्तानले आफ्नो तीन विकेट मात्र दुई रनको अन्तरमा गुमाएको थियो ।

४३ रनमै ७ विकेट गुमाएको श्रीलंकालाई कप्तान दुनिथ वेलालागेलले खेलमा फर्काएका थिए । उनले रविन डि सिल्भासँग आठौं विकेटका लागि ६९ रनको साझेदारी गरेपछि श्रीलंका जितको संघारमा पुगेको थियो ।

तर नाँगेयालिया खारोटेले वेलालागे र इजारुलहक नभिदले डि सिल्भा (२१) लाई चार रनको अन्तरमा पेभलियन फर्काएपछि श्रीलंका ४६ ओभरमा १ सय ३० रनमा अलआउट हुन पुगेको थियो । श्रीलंका जितबाट मात्रै पाँच रन पर रहेको अवस्थामा ट्रेभिन म्याथ्यु रनआउट हुन पुगेका थिए ।

वेलालागेले श्रीलंकाका लागि सर्वाधिक ३४ रन जोडेका थिए । अफगानिस्तानका लागि बिलाल सामीले दुई विकेट लिएका थिए ।

यसअघि अफगानिस्तानको लागि अब्दुल हादीले ३७, नूर अहमदले ३० र अल्लाह नूरले २५ रन बनाएका थिए । नटआउट ११ रन पनि बनाएका रनपुलबाहेक कप्तान वेलालागेले श्रीलंकाका लाग तीन विकेट लिएका थिए ।
फाइनल प्रवेशका लागि अब अफगानिस्तानले इंगल्याण्डको सामना गर्नेछ ।

Click to comment

Trending