Headline

भारले ब्राजिल गोलकिपरलाई दुई पटक रेड कार्डबाट बचायो

Published

on

भिडियो असिस्टेन्ट रेफ्रि (भार) ले गोलकिपर एलिसन बेकरलाई दुई पटक रेड कार्ड खानबाट बचाउदा ब्राजिलले २०२२ कतार बिश्वकप दक्षिण अमेरिकी छनोटको खेलमा इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको छ ।

बिवादास्पद खेलमा दुवै टोलीबाट एक–एक खेलाडीले मैदान छोडेका थिए । पहिलो हाफमा एलिसन भाग्यमनी साबित भएका थिए । एनर भ्यालेन्सियामाथि हाइ बुटका कारण उनलाई साभैm रेड कार्ड देखाइएको थियो । तर भारले त्यसलाई पहेलो कार्डमा झारेको थियो । इन्जुरी समयमा उनलाई देखाइएको पहेलो कार्ड पनि रद्द गरिएको थियो ।

कोलम्बियन रेफ्रि विल्मार रोल्डनले देखाएको दुई रेड कार्ड र दुई पेनाल्टीमा भारको प्रयोग हँुदा सबै निर्णय इक्वेडरको बिरुद्धमा गएको थियो ।

यद्दपि बराबरीले इक्वेडर बिश्वकप नजिक भने पुगेको छ । तीन खेल बाँकी रहँदा इक्वेडर २४ अंकका साथ तेश्रो स्थानमा रहेको छ । शिर्ष दुई स्थानमा रहेका ब्राजिल र अर्जेन्टिना यसअघि नै छनोट भइसकेका छन् भने यस महादेशबाट अन्य दुई देशले बिश्वकपमा स्थान पाउने छन् ।

अर्को एक टोली अन्तर महादेशीय प्लेअफबाट स्थान पाउन सक्छ । उरुग्वेको १९ अंक छ भने एक खेल कम खेलेको कोलम्बियाको १७ अंक छ ।

चोटग्रस्त नेमारको अनुपस्थितिमा खेलिरहेको ब्राजिलको लागि कासिमेरोले छैटौं मिनेटमै ब्राजिललाई अग्रता दिलाएका थिए भने फेलिक्स टोरेसले १५ मिनेट बाँकी रहँदा बराबरी गोल गरेका थिए ।

भ्यालेन्सियालो दोश्रो मिनेटमै गोल गर्ने अवसर गुमाउदा ब्राजिलले इक्वेडरलाई त्यसको सजाय दिएको थियो । ब्राजिलको कर्नरलाई क्लियर गर्न नसकेपछि आफुतिर आएको बललाई कासिमेरोले गोल गरेका थिए ।

१५ औं मिनेटमा इक्वेडर गोलकिपर एलेक्जेण्डर डोमिँग्वेज म्याथुस कन्हलाई घाँटीमा प्रहार गरेपछि साझै रेडकार्ड खादै बाहिरिएका थिए । पहिलो २० मिनेटमा दोश्रो पहेलो कार्ड पाउदा एमर्सन रोयल बाहिरिएपछि ब्राजिल पनि १० खेलाडीमा सिमित भएको थियो ।

Click to comment

Trending