Headline

इरान छैटौं पटक बिश्वकपका लागि छनोट हुन सफल

Published

on

मेहदी तारेमीले एक मात्र निर्णायक गोल गरेपछि इरान २०२२ कतार बिश्वकपका लागि छनोट भएको छ । तेहरानको आजादी स्टेडियममा इरानले बिहिबार साँझ इराकलाई १–० ले पराजित गर्यो ।

पोर्टो फर्वार्ड तारेमीले ४८ औं मिनेटमा गोल गरेपछि इरान छैटौं बिश्वकपमा प्रवेश गर्यो भने लगातार तेश्रो पटक बिश्व फुटबलको महाकुम्भमा एसियाको प्रतिनीधित्व गर्ने भएको हो । एसिया छनोटको तेश्रो चरणमा अपराजित रहेको इरान ७ मध्ये ६ मा जित हात पारेको छ भने एकमा मात्र जित हात पार्न नसक्दा दक्षिण कोरियासँग बराबरी खेलेको थियो ।

समुह ए को अंक तालिकामा १९ अंक रहेको इरान दोश्रो स्थानमो दक्षिण कोरियाभन्दा दुई अंकले अगाडी छ । फेब्रुवरी २०२० मा क्रोएसिया प्रशिक्षक ड्रगन स्कोचिचको आगमन यता अपराजित रहेको इरानले ११ जित हात पार्दै एकमा बराबरी गरेको छ ।

बिहिवारको खेलमा दुवै टोलीले कोरोना भाइरसका कारण खेलाडीहरु गुमाएका थिए । इरानले गुमाएका पाँच खेलाडीमध्ये एक बायर लेभरकुसनका लागि खेल्दै आइरहेका सर्दार अजमुन रहेका थिए भने इराकले ८ खेलाडी गुमाएको थियो ।

इरानले १९७८, १९९८, २००६, २०१४ र २०१८ मा बिश्वकप खेलेको थियो भने इराकको हालसम्मको एक मात्र सहभागिता १९८६ को मेक्सिको बिश्वकपमा रहेको थियो ।

इरानले छैटौं पटक बिश्वकपमा स्थान बनाउदा तेहरानमा हर्षोल्लास छाएको थियो । अन्य इरानी शहरहरुमा पनि खुशीयाली मनाउने क्रम जारी रहेको छ ।

Click to comment

Trending