Headline

क्रिकेटरहरुको सेन्ट्रल कन्ट्रयाक्टको नयाँ ग्रेडिँग, बिक्रम र अस्मिनालाई पहिलो केन्द्रिय सम्झौता

Published

on

नेपाल क्रिकेट संघले २०२२ को लागि खेलाडीहरुको नयाँ ग्रेडिँग बिहिबार सार्वजनिक गर्दा युवा क्रिकेटर रोहित कुमार पौडेल फर्किएका छन् भने बिक्रम सोबलाई पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्ट दिइएको छ ।

पछिल्लो दुई बर्ष रोहित सेन्ट्रल कन्ट्रयाक्ट बाहिर थिए भने बिक्रमसँगै उनले नेपालले सेप्टेम्बरमा गरेको ओमान भ्रमणमा राम्रो प्रदर्शन दिएका थिए । दुवै खेलाडीलाई ग बर्गको सेन्ट्रल कन्ट्रयाक्ट दिइएको हो । बिक्रम, रोहित र युवा तिब्र गतिका बलर गुल्शन झालाई क्यानले एक लाख प्रोत्साहन भत्ता पनि दिने भएको छ ।

यस्तै फास्ट बलिँग अलराउण्डर सोमपाल कामी ए ग्रेडमा फर्किएका छन् । पुरुषतर्फको सेन्ट्रल कन्ट्रयाक्टको क, ख र ग बर्गिकरणमा रहने खेलाडीहरुले क्रमश ५० हजार, ४० हजार र ३० हजार मासिक रुपमा पाउने छन् ।

क बर्गमा सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिँह ऐरि, सोमपाल र करण केसी रहेका छन् । यस्तै ख बर्गमा कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अविनाश बोहोरा र बिनोद भण्डारी रहेका छन् ।

ग बर्गमा रहेका अन्य खेलाडीहरुमा कुशल मल्ल, कमल सिँह ऐरि, शाहब आलम, सुशन भारी र पवन शर्राफ रहेका छन् ।

महिला तर्फ अस्मिाना कर्माचार्य पहिलो पटक बर्गिकरणमा परेकी छिन् भने ज्योति पाण्डे पनि फर्किएकी छिन् । क्यानले ज्योतिलाई ख बर्गमा राख्दै ५० हजार प्रोत्साहन भत्ता पनि दिने निर्णय गरेको छ । अस्मिना ग बर्गमा अटाएकी हुन् ।

महिला टोलीको हकमा क, ख र ग बर्गका खेलाडीहरुलाई १५, १२ र १० हजार नगद दिइने गरिएको छ । रुबिना क्षेत्री, सिता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी क बर्गमा रहेका छन् ।

सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सबनम राई र ज्योति ख बर्गमा छन् । ग बर्गमा रहने खेलाडीहरुमा अस्मिनासँगै डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, ममता चौधरी र बिन्दु रावल रहेका छन् ।

क्यानले चोटका कारण मैदान बाहिर रहेका बायाँ हाते स्पिनर ललित नारायण राजबंशीलाई पनि डेढ लाख नगद सहयोग गर्ने निर्णय गरेको छ । यस्तै क्यानले आफ्नो बार्षिक साधारण सभा फाल्गुन १३ र १४ गते धनगढीमा गर्ने निर्णय पनि गरेको छ ।

Click to comment

Trending