Headline

गोलकिपर अशोक नायक बन्दा मनाङ आहा–रारा गोल्डकपको फाइनलमा

Published

on

गोलकिपर अशोक बराल नायक बनेपछि मनाङ मस्र्याङ्गदी क्लब टाई ब्रेकरमा त्रिभुवन आर्मी क्लबलाई ४–३ ले पराजित गर्दै आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रँगशालामा निर्धारित ९० र ३० मिनेटको एक्स्ट्रा टाइममा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट भएको थियो । टाई ब्रेकरमा चोटले ग्रस्त अशोकले महत्वपूर्ण प्रहार बचाउदा मनाङले जित हात पार्यो ।

मनाङले अब सातौं पटक उपाधि जित्नका लागि फाइनलमा नेपाल एपिएफ क्लबसँग खेल्नेछ । एपिएफ बुधबार मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै १४ बर्षमा पहिलो पटक फाइनलमा प्रवेश गर्यो । चार पटक फाइनल प्रवेश गरेपनि एक पटक उपाधि नजितेको आर्मी यसपटक भने सेमिफाइनलबाटै बाहिरिन पुग्यो ।

टाई ब्रेकरमा आर्मीका दिपक गुरुङको प्रहार पोस्टमा ठोक्किए लगत्तै बिश्व अधिकारीले भने त्यही ठाँउमा हिर्काउदा दुवै टोली २–२ गोलको स्थितिमा रहेको थियो । अशोकले युद्ध शाहीको प्रहारलाई रोकेपछि मनाङको कप्तानी गरिरहेका ओलादिपो ओलावाले अफिजले निर्णायक प्रहारमा गोल गरेका थिए ।

यसअघि मनाङले आठौं मिनेटमा नै अग्रता बनाउने सुनौलो मौकालाई खेर फालेको थियो । एडिजालजा सोमिडेको क्रसलाई रोक्ने क्रममा बलले युद्धको हातमा लागेपछि मनाङले पेनाल्टी पाएको थियो । तर मनाङका कप्तान बिमल रानाले क्रसबारबाट धेरै माथि प्रहार गरेका थिए ।

दुवै टोलीबाट गोलका लागि धेरै प्रयास जारी रहेपनि सफल भने रहेका थिएनन् ।

Click to comment

Trending