Headline

पावेलको शतकपछि वेष्ट इण्डिजले इंगल्याण्डलाई हरायो

Published

on

हाई–स्कोरिङ खेलमा रोभम्यान पावेलले आक्रमक शतक प्रहार गरेपछि वेष्ट इण्डिजले इंगल्याण्डबिरुद्धको पाँच म्याचको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा २–१ को अग्रता लिएको छ ।

पावेलले ५१ बलमै पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शतक प्रहार गरेपछि वेष्ट इण्डिजले ब्रिजटाउनमा पाँच विकेटको क्षतिमा २ सय २४ रनको बिशाल योगफल खडा गर्यो ।

फिल साल्टले इंगल्याण्डलाई खेलमा जीवितै राखेपनि सेल्डन कोट्रेलले गरेको १९ औं ओभर निर्णायक बन्दा इंगल्याण्डले ९ विकेटको क्षतिमा २ सय ४ रनमात्र जोड्न सक्यो । अन्तिम २ ओभरमा इंगल्याण्डलाई ४१ बलमो आवश्कता रहँदा कोट्रेलले २ विकेट लिदै मात्र तीन रन दिएका थिए ।

अन्तिम ओभरमा रोमारियो शेफर्डलाई साल्टले दुई छक्का प्रहार गर्दै १७ रन जोडेपनि त्यो जितका लागि पर्याप्त रहेन । तेश्रो छक्का प्रहार गर्ने क्रममा आउट भएका साल्टले २४ बलमा पाँच छक्का र तीन चौकाको मद्दतमा ५७ रन जोडेका थिए ।

यस्तै टप अर्डरमा ओपनर टम बान्टनले ३९ बलमा ७० रनको छरितो इनिङ्गस खेलेका थिए । बान्टनले ६ छक्का र तीन चौका हिर्काए । वेष्ट इण्डिजका लागि शेफर्डले तीन विकेट लिदा चार ओभरमा ५९ रन खर्चिएका थिए । केरोन पोलार्डले दुई विकेट लिए ।

यसअघि वेष्ट इण्डिजको इनिङ्गसलाई पूर्ण रुपले नियन्त्रण गर्ने क्रममा पावेलले तेश्रो विकेटका लागि निकोलस पुरनसँग १ सय २२ रनको साझेदारी गरेका थिए । १९ औं ओभरमा पेभिलियन फर्किएका पावेलले ५३ बलमा १ सय ७ रन जोड्दै १० छक्का हिर्काउका थिए ।

पावेलको ५१ बलमा शतक वेष्ट इण्डिजको लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा चौथो तिब्र शतक हो । क्रिस गेलले ४७ र ५० बलमा दुई शतक बनाएका छन् भने एभिन लेविसले ४८ बलमा शतक प्रहार गरेका थिए ।

वेष्ट इण्डिजलाई छरितो शुरुवात दिने काम पनि पुरनले नै गरेका थिए । उनले ४३ बलमा ७० रन बनाए । उनको इनिङ्गसमा पाँच छक्का र चार चौका सामेल थियो ।

Click to comment

Trending