Headline

इक्वेटोरियल गिनीसँग माली स्तब्ध, सलाहको निर्णायक पेनाल्टीमा इजिप्ट क्वार्टर–फाइनलमा

Published

on

आफूभन्दा ६१ स्थानमाथि रहेको मालीलाई टाई ब्रेकरमा पराजित गर्दै इक्वेटोरियल गिनी अफ्रिका कप अफ नेसन्सको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ ।

बुधबार नै भएको पहिलो अन्तिम १६ को खेलमा स्टार फर्वार्ड मोहम्मद सलाहले निर्णायक प्रहारमा गोल गरेपछि इजिप्टले आइभोरि कोस्टलाई पनि पेनाल्टी सुटआउटमै ५–४ ले पराजित गर्यो । आइभोरी कोस्टका एरिक बेलीले गोल गर्न चुक्दा सलाहको प्रहार निर्णायक बनेको थियो ।

सात पटकको च्याम्पियन इजिप्टले अब सेमिफाइनलका लागि मोरक्कोसँग आइतबार खेल्नेछ । प्रतियोगितामा भाग्यमानी साबित भएको इजिप्ट हालसम्म चार खेलमा मात्र दुई गोल गर्दै क्वार्टर–फाइनलमा प्रवेश गरेको हो ।

महादेशीय फुटबल प्रतियोगितामा आइभोरी कोस्टबिरुद्धको ११ औं भेटमा निर्धारित र अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा गएको थियो । इजिप्ट आफ्नो समुहबाट तेश्रो स्थानको टोलीको रुपमा अन्तिम १५ मा प्रवेश गरेको थियो ।

अर्को तर्फ गोलकिपर जिजस ओवोनो नायक बन्दा इक्वेटोरियल गिनी ७ बर्षपछि क्वार्टर–फाइनलमा स्थान बनाउन सफल रह्यो । अतिरिक्त समयको समाप्तिमा पनि गोल हुन नसक्दा खेलको निर्णय टाई ब्रेकरबाट भएको थियो ।

१ सय २० मिनेटको फुटबलमा दुवै तर्फबाट जम्मा एक सट अन टार्गेट रहेको थियो । पेनाल्टी सुटआउटमा ओवोनोले दुई प्रहार बचाएका थिए । इक्वेटोरियल गिनीले अब क्वार्टर–फाइनलमा प्रबल दाबेदार सेनेगलको सामना गर्नेछ ।

Click to comment

Trending