Headline

ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा सुस्त अर्धशतक बनाउने नेपाली ब्याट्स्म्यानहरु

Published

on

नेपाली टोलीका युवा ओपनर कुशल भुर्तेलले नेपालको तर्फबाट पाँचवटा मात्र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । पाँच मध्ये उनको नाममा चार अर्धशतक रहेको छ ।

तर कुशल नेपालको तर्फबाट ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा धेरै बलमा अर्धशतक बनाउने खेलाडीको सुचीमा पनि पर्दछन् । त्यो पनि एक पटक मात्र हैन दुई-दुई पटक ।

नेपालको तर्फबाट धेरै बलमा अर्धशतक पुरा गर्ने किर्तिमान विकेट किपर सुबास खकुरेलको नाममा रहेको छ । नेपालको तर्फबाट ट्वान्टी ट्वान्टीमा पहिलो अर्धशतक बनाउने किर्तिमान राखेका खकुरेलको नाममा धेरै बल खेल्दै अर्धशतक पुरा गर्ने किर्तिमान रहेको छ । सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकपमा अफगानिस्तान विरुद्ध उनले ४८ बल खेल्दै आफ्नो तथा नेपाल तर्फबाट पहिलो अर्धशतक प्रहार गरेका थिए ।

सुस्त अर्धशतक बनाउने खेलाडीको सुचीमा विकेट किपर तथा आक्रामक ब्याटर बिनोद भण्डारीको नाममा रहेको छ । कुनै समय नेपालको तर्फबाट तिब्र अर्धशतक बनाउने किर्तिमान रहेको भण्डारीले सन् २०१९ मा ओमानमा आयोजना भएको पेन्टागुलर शृंखला अन्तर्गत हंगकंग विरुद्धको खेलमा आफ्नो अर्धशतक पुरा गर्न ४६ बल खेलेका थिए ।

धेरै बल खेल्दै आफ्नो अर्धशतक पुरा गर्ने खेलाडीहरुको सुची यस्तो छ :

नाम                         बल       विरुद्ध                    स्थान                      मिति                               प्रतियोगिता / शृंखला 
सुबास खकुरेल  ४८  अफगानिस्तान  चटोग्राम  २० मार्च, २०१४  ट्वान्टी ट्वान्टी विश्वकप 
बिनोद भण्डारी  ४६  हंगकंग  अल अमिरात  ६ अक्टोबर, २०१९  पेंटागुलर शृंखला 
कुशल भुर्तेल  ४३  नेदरल्यान्ड्स  किर्तिपुर  २४ अप्रिल, २०२१  त्रिकोणात्मक शृंखला (नेपाल, मलेसिया, नेदरल्यान्ड्स)
कुशल भुर्तेल  ४१  नेदरल्यान्ड्स  किर्तिपुर  २० अप्रिल, २०२१  त्रिकोणात्मक शृंखला (नेपाल, मलेसिया, नेदरल्यान्ड्स)
सन्दिप जोरा  ४१  युएई  आईसीसी दुबई  ३१ जनवरी, २०१९  नेपाल विरुद्ध युएई शृंखला 

Click to comment

Trending