Headline

सबैलाई एक्सपोजर दिदै प्रशिक्षक अलमुताइरी

Published

on

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससबिरुद्ध जनवरी २८ र फेब्रुवरी १ मा हुन गइरहेको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्णका लागि ३४ खेलाडीलाई क्याम्पमा बोलाउदा ८ नयाँ अनुहार पहिलो पटक टिममा परेका थिए ।

ती ८ जनै खेलाडीलाई जारी शहीद स्मारक ए डिभिजन लिगमा उनीहरुको प्रदर्शनका आधारमा बोलाइएको थियो । आयुष घलान, दिनेश हेन्जन र कमल थापा बाहिरिदा जगजित श्रेष्ठ, प्रशान्त अवस्थी र आशिष राईले पनि टिममा स्थान बनाए ।

सातदोबाटोका प्रशान्त र च्यासलका आशिष राई दुबैले पहिलो पटक टोलीमा स्थान बनाए । अब्दुल्लाहले समेटेका १० वटै नयाँ अनुहार अब राष्ट्रिय टोली सदस्य भएका छन् ।

बुधबार अब्दुल्लाहले दुवै खेलका लागि राष्ट्रिय टोली घोषणा गर्दा क्याम्पमा बोलाइएका ३४ जनलाई नै समेटिदिएका छन् । अब्दुल्लाहले सबैलाई एक्सपोजर दिन चाहन्छन् ।

गोलकिपर किरण चेम्जोङ, गौतम श्रेष्ठ, दिनेश राजबंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जेउ ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, अन्जन बिष्ट, आषिश लामा र बिमल घर्ती मगरले दुवै खेलका लागि स्थान बनाएका छन् ।

दिप कार्की र टिकेन्द्र थापा पहिलो खेलका लागि समेटिएका दुई गोलकिपर हुन् भने अन्य खेलाडीहरुमा सुदिप गुरुङ, बिशाल राई, मनिष डाँगी, दर्शन गुरुङ, नितिन थापा, आकाश बुढा मगर, कृतिष रत्न छुन्जु र जगजित रहेका छन् ।

दोश्रो खेलका लागि टिममा अटाउने खेलाडीहरुमा पुजन उपरकोटी, नविन गुरुङ, सुभाष गुरुङ, अनन्त तामाङ, आशिष राई, एरिक बिष्ट, सुशिल राई, प्रशान्त र सन्तोष तामाङ रहेका छन् । बिशाल श्रेष्ठ र शत्रुघन चौधरी गोलकिपरको रुपमा रहेका छन् ।

नेपालले यो बर्ष खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता भनेको एसिया कपको तेश्रो चरणका खेलहरु रहेका छन् । जुन ८ देखि १४ सम्म हुने एसिया कप तेश्रो चरण छनोटका लागि अब्दुल्लाहले अहिले देखि नै आफ्नो होमवर्क शुरु गरेका हुन् ।

यसअघि उनले साफ च्याम्पियनसिप सम्म एउटा निश्चित टोली बनाउने लक्ष्य सहित यसरी नै नयाँ खेलाडीहरुलाई अवसर दिएका थिए । “मेरो सिस्टममा फिट हुने खेलाडीहरुले टिममा स्थान पाउछन्,” अब्दुल्लाहले राष्ट्रिय टोलीको क्याम्पका दौरान भनेका थिए ।

एसिया कप तेश्रो चरणको लागि अब्दुल्लाहको यो पहिलो एक्सपेरिमेन्ट मात्रै हो । उनले निकट भविष्यमै हुने अन्य मैत्रीपूर्ण खेलहरुका लागि पनि थप खेलाडी बोलाउदै उनीहरुलाई एक्सपोजर दिदै आफ्नो सिस्टममा ढाल्ने काम गर्ने निश्चित नै छ ।

पहिलो मैत्रीपूर्णका लागि नेपाली टोली

किरण चेम्जोङ (गोलकिपर), दिप कार्की (गोलकिपर), टिकेन्द्र थापा (गोलकिपर) गौतम श्रेष्ठ, दिनेश राजबंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जेउ ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, अन्जन बिष्ट, आषिश लामा, बिमल घर्ती मगर, सुदिप गुरुङ, बिशाल राई, मनिष डाँगी, दर्शन गुरुङ, नितिन थापा, आकाश बुढा मगर, कृतिष रत्न छुन्जु र जगजित श्रेष्ठ

दोश्रो मैत्रीपूर्णका लागि नेपाली टोली

किरण चेम्जोङ (गोलकिपर), बिशाल श्रेष्ठ (गोलकिपर), शत्रुघन चौधरी (गोलकिपर) गौतम श्रेष्ठ, दिनेश राजबंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जेउ ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, अन्जन बिष्ट, आषिश लामा, बिमल घर्ती मगर, पुजन उपरकोटी, नविन गुरुङ, सुभाष गुरुङ, अनन्त तामाङ, आशिष राई, एरिक बिष्ट, सुशिल राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ

Click to comment

Trending