Headline

मच्छिन्द्रलाई स्तब्ध पार्दै एपिएफ १४ बर्षपछि आहा–रारा गोल्डकपको फाइनलमा

Published

on

ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई स्तब्ध बनाउदै नेपाल एपिएफ क्लब आहार रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

कप्तान नविन लामाले एक गोल गर्नुका सथौ अर्कोमा असिस्ट गरेपछि एपिएफले पोखरा रँगशालामा भएको पहिलो सेमिफाइनलमा लिग लिडर मच्छिन्द्र फुटबल क्बललाई ३–१ ले पराजित गर्यो ।

एपिएफ १४ बर्षपछि आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

निकै नै रोमाञ्चक खेलमा एपिएफका जापानी गोलकिपर युया कुरियामाले एकपछि अर्को उत्कृष्ट बचाउद गर्दै मच्छिन्द्रलाई जितबाट टाढा राखेका थिए । मच्छिन्द्रले आफ्नो शुरुवाती ११ का धेरै खेलाडीहरु राष्ट्रिय टोलीको क्याम्पका लागि गुमाएपछि यसको फाइदा एपिएफलाई पनि पुगेको हो ।

यद्दपि मच्छिन्द्र पहिलो खेलमा भने उत्कृष्ट प्रदर्शन गर्न सफल हुँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

२५ औं मिनेटमा एपिएफले अग्रता लिएको थियो । मच्छिन्द्रको डिफेन्सबाट बल खोस्दै फ्रि–किक जित्न सफल एपिएफले मणी लामाको फ्रि–ककमा सनिस श्रेष्ठले हेडरमार्फत गोल गरेका थिए । ४० औं मिनेटमा मच्छिन्द्रले उत्तिकै सुन्दर गोल गर्दै खेलमा बराबरी गर्यो ।

कप्तान रञ्जित धिमालको फ्रि–किकमा बक्स भित्र रहेका ओमुलाजा करिमले सशक्त हेडर मार्फत टप कर्नरमा गोल गरेका थिए ।

६८ औं मिनेटमा एपिएफले अग्रता फर्कायो । यसपटक रञ्जितले डिफेन्समा बल गुमाएपछि नविनले निकालेको क्रसमा प्रदिप लामाले फस्र्ट टाइम प्रहार गर्दै गोल गरेका थिए । लगत्तै मच्छिन्द्रले आफ्नो गोलकर्ता करिमलाई गुमायो ।

रेफ्रिसँग असन्तुष्टि पोख्दै बललाई प्रहार गरेका करिमलाई नविन्द्र महर्जनले दोश्रो पहेलो कार्ड देखाएपछि मच्छिन्द्र १० खेलाडीमा सिमित भएको थियो ।

इन्जुरी समयको अन्तिम मिनेटमा आवास लामिछानेको प्रहारलाई मच्छिन्द्र गोलकिपर सुर्य अधिकारीले रोकेपनि बल समात्न नसकेपछि आएको रिबाउण्डमा नविनले गोल गरेका थिए ।

Click to comment

Trending