Headline

दोश्रो संस्करणको एनएसएल चैत्र २६ बाट 

Published

on

दोश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) आगामी चैत्र २६ गतेबाट सुरु हुने भएको छ ।

आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता जेठ सात गते सम्म आयोजना हुने जनाएको छ । ४३ दिन सम्म चल्ने दोश्रो संस्करणको एनएसएल दुई स्थानमा आयोजना हुने पनि आयोजकले जनाएको छ ।  

प्रतियोगिताको आधा खेलहरु पोखरामा र अर्को आधा खेलहरु दशरथ रंगशाला खेलाइने छ । प्रतियोगिता सुरु गर्दा होम एण्ड अवे आधारमा खेलाइने अवधारणा राखेको भए पनि कोरोनाका कारण पहिलो संस्करण काठमाडौँ मात्र आयोजना गरेको र यस पटक एक भन्दा बढी स्थानमा आयोजना गर्न लागिएको पनि जनाएको छ ।   

त्यस्तै आयोजकले जनाए अनुसार पहिलो संस्करणमा सात टोली रहेकोमा दोश्रो सिजनमा नयाँ तीन सहित कुल १० टोलीको सहभागिता रहने छ । सबै टोलीले एक अर्कासँग खेल्ने छन् ।

यसै वर्षको सुरुवातमा भएको प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौँ रेजर्सले जितेको थियो ।  

Click to comment

Trending