Headline

विकेटका आधारमा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको लागि उच्च साझेदारी

Published

on

नेपालबाट पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले दुई पटक शतकीय साझेदारी गरिसकेपनि अझै पनि तीन दुवै पार्ट्नरसिप ठूला होइनन् । नेपालको ८ बर्षको छोटो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमा १ सय ४५ रनको साझेदारी अहिलेसम्मकै बिशाल हो ।

यो साझेदारी पूर्व कप्तान पारस खड्का र आरिफ शेखले २०१९ मा सिँगापुरबिरुद्ध गरेका थिए । पारस आफै पनि दुई शतकीय साझेदारीमा संलग्न रहेका थिए । तीन मध्ये एक ज्ञानेन्द्र मल्लसँग पहिलो विकेटका लागि थियो ।

विकेटका आधारमा पारस र ज्ञानुबीचको त्यो साझेदारी यो सुचीमा छैन । हेरौं विकेटका आधारमा नेपालका लागि भएका हालसम्मका सबैभन्दा ठूलो साझेदारीहरुः

 

विकेट      रन         खेलाडी                                            विरुद्ध                 स्थान                       मिति                             प्रतियोगिता / शृंखला 
पहिलो  ११६  कुशल भुर्तेल र आसिफ शेख   नेदरल्यान्ड्स  किर्तिपुर  १७ अप्रिल, २०२१  त्रिकोणात्मक शृंखला (नेपाल, मलेसिया , नेदरल्यान्ड्स)
दोश्रो  १४५* पारस खड्का र आरिफ शेख  सिंगापुर  सिंगापुर  २८ सेप्टेम्बर, २०१९  त्रिकोणात्मक शृंखला (नेपाल, सिंगापुर ,जिम्बाब्वे)
तेश्रो  ८०  ज्ञानेन्द्र मल्ल र पारस खड्का  हंगकंग  चटोग्राम  १६ मार्च, २०१४  ट्वान्टी ट्वान्टी विश्वकप 
तेश्रो  ८०  ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरी  भुटान  किर्तिपुर  ५ डिसेम्बर, २०१९  दक्षिण एसियाली खेलकुद
चौथो  ८५  पारस खड्का र शरद भेषावाकर  बंगलादेश  चटोग्राम  १८ मार्च, २०१४  ट्वान्टी ट्वान्टी विश्वकप 
पाँचौ ६१  आरिफ शेख र बिनोद भण्डारी  हंगकंग  अल अमिरात  ६ अक्टोबर, २०१९  ओमान पेन्टागुलर सिरिज 
छैटौँ  ६६  कुशल मल्ल र करण केसी  मलेसिया  किर्तिपुर  २२ अप्रिल, २०२१  त्रिकोणात्मक शृंखला (नेपाल, सिंगापुर ,जिम्बाब्वे)
सातौँ  ३९  सन्दिप जोरा र सोमपाल कामी  युएई  आईसीसी दुबई  ३१ जनवरी, २०१९  नेपाल र युएई शृंखला, दुबई 
आठौँ  ३३* करण केसी र सुशन भारी  माल्दिभ्स  किर्तिपुर  ६ डिसेम्बर, २०१९  दक्षिण एसियाली खेलकुद
नवौँ  ४३  सोमपाल कामी र शक्ति गौचन  हंगकंग  कोलम्बो  २४ नोभेम्बर, २०१४  नेपाल र हंगकंग शृंखला, श्रीलंका
१०औँ  १४  शरद भेषावाकर र करण केसी  नेदरल्यान्ड्स  एमस्टेल्भिन  १ जुलाई, २०१५  नेपाल र नेदरल्यान्ड्स शृंखला

 

Click to comment

Trending